जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु



काठमाडौं : मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना भएको हो ।

बुधबार मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरका अनुसार साझा जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको हो ।

प्रहरीले उद्दार कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने जानकारी दिएका छन् । गाडीले मान्छे च्यापिएकाले उद्दार गर्न समय लागेको प्रहरीले बताएको छ । थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्