धरौटी बुझाउन नसक्दा दुई युवा कारागार चलान



ताप्लेजुङ: धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई युवालाई कारागार चलान गरिएको छ। मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो।

दुबै जनासँग जिल्ला अदालतले जनही एक लाख १० हजार रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी बुझाउन नसकेकाले उनीहरुलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।

उनीहरुले २०७४ भदौ ३१ गते ढुङ्गेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बूलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए। दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्