मार्च ८ मै किन मनाइन्छ अन्तर्राष्ट्रिय महिला दिवस ?



एजेन्सी : अन्तर्राष्ट्रिय नारी दिवस अथवा नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । मार्च ८ मा तपाईं पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने तयारीमा हुनुहुन्छ होला । तपाईंलाई केही व्यक्तिहरूले शुभकामनाको सन्देश पनि पढाइसकेका छन् होला केही खास व्यक्तिहरूलाई फोन गर्ने तयारीमा पनि हुनुहुन्छ होला ।

तर, के तपाईंलाई यो थाहा छ अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ र यो दिवस मनाउन कहिलेबाट शुरु गरिएको हो ? के यो केही समारोह हो कि अन्य केही ?

वर्षैदेखि संसारभर महिला दिवस मनाउँदै आइरहेका छन् तर, यो सबैको शुरुवात कसरी भयो ?

कहिलेबाट शुरू भयो महिला दिवस ?
वास्तवमा अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलनबाट शुरु भएको हो । यसको शुरुवात सन् १९०८ मा भएको थियो जब १५ हजार महिलाले न्यूयोक शहरमा प्रदर्शन निकालेर कार्यलयमा काम गर्ने समय कम गर्नको लागि माग गरेका थिए ।

यस बाहेक उनीहरूले आफ्नो काम अनुसारको तलबको पनि माग गरेका थिए भने भोट दिन पाउने अधिकारको लागि पनि संर्घष गरे । त्यसको एक वर्षपछि सोशलिस्ट पार्टी अफ अमेरिकाले यस दिनलाई पहिलो राष्ट्रिय महिला दिवसको रूपमा घोषणा ग-यो ।

यो दिनलाई कसरी अन्तर्राष्ट्रिय बनाइयो ?
यो आइडिया एक महिलाको थियो । क्लारा जेटकिन ने १९१० मा कोपेनहेगनमा काम गर्ने महिलारूको एक अन्तर्राष्ट्रिय सम्मेलाका बेला अन्तर्राष्ट्रिय महिला दिवस मनाउनको लागि सुझाव दिएकी थिइन् । त्यो समयमा १७ देशको एक सय महिलाहरूको सहभागिता रहेको थियो । उनीहरू सबैले यो सुझावको समर्थन गरेका थिए ।

सबैभन्दा पहिला १९११ मा अस्ट्रेलिया, डेनमार्क, जर्मनी र स्विट्जरलयाण्डमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । तर, प्राविधिक रूपमा यस वर्ष हामी १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौं ।

महिला दिवस आधिकारिक रूपमा १९७५ मा मान्यता प्राप्त भयो जब संयुक्त राष्ट्र संघले एक थीमको साथ वार्षिक रूपमा यो उत्सव मनाउन थाल्यो । अन्तर्राष्ट्रिय महिला दिवसको पहिलो नारा ‘विगतको उत्सव मनाउने, भविष्यको लागि योजना गर्ने’ थियो ।

८ मार्च नै किन ?
यो प्रश्न तपाईंको दिमागमा पनि उठ्छ होला कि किन अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च नै मनाइन्छ ? वास्तवमा, क्लारा जेटकिनले महिला दिवस मनाउनको लागि मिति तोकेकी थिइनन् ।

१९१७ को युद्धको बेला रुसको महिलाहरूले ‘खाना र शान्ति’ को माग गरेका थिए । महिला हडतालले सम्राट निकोलसलाई पद छोड्न बाध्य तुल्यायो र अन्तरिम सरकारले महिलालाई मतदान गर्ने अधिकार दियो ।

त्यस समयमा, जुलियन क्यालेन्डर रूसमा प्रयोग गरिन्थ्यो । महिलाहरूले यो हड्ताल शुरु गरेको दिन २३ फेब्रसअरी थियो । ग्रेगोरियन पात्रोमा, यो दिन ८ मार्च थियो र त्यसबेलादेखि अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउन थालियो ।

के अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ ?
हो अन्तर्राष्ट्रिय पुरुष दिवस पनि मनाइन्छ । अन्तर्राष्ट्रिय पुरुष दिवस १९ नोभेम्वरमा पर्छ । सन् १९९० देखि यो दिवस मनाउन शुरु गरिएको छ, तर यसलाई संयुक्त राष्ट्र संघले मान्यता दिएको छैन ।

अन्तर्राष्ट्रिय पुरुष दिवस ६० भन्दा बढी देशहरूमा मनाइन्छ । यसको उद्देश्य पुरुषहरूको स्वास्थ्य, लैङ्गिक सम्बन्ध बढाउने, लैङ्गिक समानता बढाउने र उनीहरूमा सकारात्मकता बढाउनु हो । गत वर्ष २०१९ मा ‘मेकिंग डिफरेन्स फर मेन एण्ड बोइज’ भन्ने नाराको साथ मनाइएको थियो ।

संसारभर कसरी मनाइन्छ अन्तर्राष्ट्रिय महिला दिवस

धेरै देशहरूमा यस दिनमा राष्ट्रिय बिदा घोषणा गरिन्छ । रसिया र अन्य धेरै देशहरूमा यो दिन फूलहरूको मूल्य बढ्छ । यस समयमा, महिला र पुरुषहरू एक अर्कालाई फूल दिन्छन् ।

चीनका प्रायः कार्यालयहरूमा महिलाहरूलाई आधा दिनको बिदा दिइन्छ । अमेरिकामा मार्च महिना ‘महिला इतिहास महिना’को रूपमा मनाइन्छ ।

यस पटक अन्तर्राष्ट्रिय महिला दिवसको नारा #EachforEqual रहेको छ ।

प्रतिक्रिया दिनुहोस्