सलमान खानले लिए एउटा विज्ञापनको लागि एकै दिन ७ करोड



एजेन्सी : फिल्ममा मात्र होइन बलिउड सुपरस्टार सलमान खान कुनै पनि ब्राण्डको लागि पनि दोस्रो सेलिब्रेटीका लागि अप्ठयारो पार्न सक्छन् । उनको स्टारडम यस्तो छ कि कुनै पनि कम्पनी उनलाई ब्राण्ड एम्बेसेडर बनाउनको लागि करोडौं खर्च गर्न तयार हुन्छन् ।

सलमान खानले केही दिन अगाडि एउटा स्मार्टफोन कम्पनीको लागि विज्ञापन शुटिङ गरेका थिए । उक्त विज्ञापन मुम्बईको महबुब स्टुडियोमा शुटिङ गरिएको थियो । सलमान खानले उक्त विज्ञापन शुटिङको लागि प्रतिदिन ७ करोड भारु लिएका थिए ।

विज्ञापन शुटिङको गर्दा ब्राण्डको मार्केटिङलाई मध्यनजर गरेर गरिएको थियो जसले गर्दा शुटिङ गर्न चार/पाँच दिन लाग्यो । सलमानले एक दिनको हिसाबले ७ करोड भारु दिइयो । यस हिसाबले उनले २८ करोड भारु लिए ।

अर्को आश्चर्यको कुरा के छ भने उक्त विज्ञापन स्मार्टफोनको थियो । उक्त स्मार्टफोनको मूल्य १४, ९९९ मात्रै रहेको छ ।

उक्त स्मार्टफोनको बारेमा सलमान भन्छन्, ‘तीव्र रुपमा माग बढिरहेको स्मार्टफोनसँग जोडिन पाएकोमा निकै खुशी छुँ । रियल मि ६ सिरीज स्टाइलिश छ । र, सबैलाई मन पनि पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्