चेल्सीका स्ट्राइकर इडेन हाजार्डकाे रियल म्याड्रड छिर्ने सपना



एजेन्सी : चेल्सीमा रहेर नयाँ सम्झौताकाे अस्वीकार गरेका बेल्जियमका स्ट्राइकर इडेन हजार्डले अाफू सानैदेखि रियल मड्रिडकाे फ्यान भएकाे र उक्त क्लबबाट खेल्ने अाफ्नाे सपना रहेकाे अभिव्यक्ति दिएका छन् । 

 

चेल्सीसँगकाे सम्झौता अझै २ वर्ष बाँकी रहँदा उनले याे कुरा बताएका हुन् । तर युरोपियन च्याम्पियन रियल मड्रिडले भने आगामी ट्रन्सफरमा मात्र उनलार्इ भित्र्याउन चाहेको बताएकाे छ ।

 

प्रिमियर लिगकाे यो सिजनमा सात गोल गरिसकेका हजार्डले रियल मड्रिड उत्कृष्ट भएकाे र अाफ्नाे बाल्यकालकाे सपना यसै क्लबबाट खेल्ने सपना भएकाे नल्कार्इ भन्न चाहन्छु भनी बताएका थिए । 

 

आफूले चेल्सीसँग नयाँ सम्झौता नगरेको भन्दै उनले भविश्यबारे छिट्टै निर्णय लिने बताए ।

 

हजार्डले भनेका छन्, ‘म त्यो चाहन्छु, जुन मेरो लागि राम्रो हुन्छ । तर, क्लबलाई पनि राम्रो होस् भन्न चाहन्छु किनभने क्लबले मलाई सबथोक दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्