कोरोनाभाइरसबारे नेपालले चालेको कदम : निर्णय धेरै, गृहकार्य थोरै !


काठमाडौं : कोरोनाभाइरसको आतंकले यतिबेला विश्व आतंकित छ । आतंकित नहुनुपनि कसरी ३ हजार २ सयभन्दा बढिको मृत्यु भइसकेको छ भने ९० हजारभन्दा बढि मानिसमा कोरोनाको संक्रमण भेटिसकेको छ । ५३ हजार २ सय ७६ मानिस संक्रमण भएर पनि निको भइसकेका छन् ।

करिब २ महिना अघिदेखि चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाभाइरस विश्वकै लागि ठूलो चुनोतिको रुपमा खडा भएको छ । विश्वभर अहिलेसम्म ८१ देशमा फैलिएको यो माहामारी रोक्न धेरै देशले प्रयास गरिरहेका छन् तर, त्यो प्रयास सफल भने हुन सकेको छैन।

चीनले बारम्बार कोरोनाभाइरसलाई नियन्त्रणमा ल्याउने दाबी गरेपनि अरु देशमा भने तीव्र रुपले फैलदै जानुले कुनै पनि देशमा भित्रदैन भनेर ढुक्क हुनु मूर्खता हुन सक्छ । त्यसोत विश्व स्वास्थ्य संगठनले पनि बारम्बार सचेत रहन भनिनै रहेको छ ।

नेपाल त्रसित
नेपालको छिमेकी राष्ट्र चीनमा माहामारीको रुपमा फैलिएकोले पनि नेपालमा कोरोनाको जोखिम बढ्दो छ । अझ कतार, मलेसिया, यूएई(दुबाई), ओमन, बहराइन इराक, अफगानिस्तान, कुवेत, अमेरिका, भारत लगायत मुलुकमा कोरोनाको संक्रमन बढ्न थालेपछि रोजगारीका लागि गएका नेपालीहरुमा झन त्रास बढेको छ । नेपालीहरुको श्रम गन्तव्य रहेका यी देशहरुमा संक्रमण भेटिनुले नेपालमा पनि यसको महामारी फैलन्छ भन्ने त्रास बढ्नु हो ।

धेरै नेपाली श्रम तथा रोजगारीका लागि पुगेका यी देशलाई विश्व स्वास्थ्य संगठनले नै कोरोनाभाइरसको उच्च जोखिम रहेको क्षेत्र भनेर घोषणा गरिसकेको छ । नेपाल पनि यस सूचीबाट अछुतो रहन सकेका छैनन् ।

नेपाल सरकारले पनि यस आतंकलाई गम्भीर रुपमा लिएको छ । यो भाइरस नेपालमा फैलिनबाट रोक्न सरकारले विभिन्न निर्णयहरु लिइन रहेको छ । सरकारले कोरोनाबारे निर्णय धेरै गरेको छ । तर, यसको गृहकार्य भनेअनुसार हुन सकेको छैन । नेपालमा कोरोना महामारीको रुपमा फैलिन नदिन उच्च सतर्कता अपनाउन जरुरी छ ।

नेपालले चालेको कदम
सिंगो विश्व नै जुधिरहेको यस समस्याबाट बच्न नेपालले पनि आफ्नो कदम चालिरहेको छ । तर, नेपालले चालेका कदम कतिको प्रभावकारी छ वा छैन हामी आफैँ पनि थाहा पाउन सक्छौं ।

यस्ता छन् कदम
कोरोना संक्रमण रोक्न सातवटै प्रदेशमा आवश्यक सामग्रीसहित स्वास्थ्य टोली परिचालन – प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था
– कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कार्ययोजना तयार
– कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिम प्रदेशका सात स्थानमा हेल्थ डेस्क स्थापना
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य कक्षमा जनशक्ति र इन्फ्रारेड रेडिएशन थर्मोमिटरबाट नेपाल आउने सबै यात्रुको अनिवार्य जाँच
– ठूलो सार्वजनिक भेलाहरुमा गर्न नपाइने
– काठमाडौंमा होली खेल्न रोक
– नोभल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाइ
– सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधि तथा आत्यावश्यक सामाग्री आयात गर्ने
– विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कोरोना संक्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउने
– अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह
– कोरोनाभाइरसका कारण चैत्र १ गतेबाट हुने भनिएको एभरेष्ट प्रिमियर लिग ईपीएल स्थगित
– कोरोनाभाइरसका कारण काठमाडौंमा हुने विश्वकप छनोट खेल स्थगित
– कोरोनाका कारण दैनिक उपभोग्य वस्तु अभाव हुन नदिने सरकारको तयारी
– राष्ट्रिय–अन्तर्राष्ट्रिय कार्यक्रम स्थगित
– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई दिने श्रम स्वीकृति स्थगित
– कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश
– सरकारले आयोजना गर्ने भनिएको वहुप्रतिक्षित सगरमाथा सम्वाद कार्यक्रम स्थगित
– चीन, जापान, दक्षिण कोरिया, बहरान र इरानकका सीधा र ट्रान्जिट फ्लाइटका उडान रोक्न सर्वोच्च अदालतको आदेश
– वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तेह्रौं दीक्षान्त समारोह कार्यक्रम स्थगित
– कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिई चालु शैक्षिक सत्रको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह
– नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयले विमानस्थलभित्र प्रवेश गर्न उपलब्ध गराउने भिजिटर पास वितरण बन्द
–चीनको वुहान प्रान्तबाट उद्दार गरेर १७५ जना नेपाली क्वारेन्टाइनमा राख्नु
– केहि मानिस शंकास्पद देखिए विमानबाट ओर्लनेबित्तिकै थप परीक्षण र क्वारेन्टाइनमा वा आइसोलेसनमा लगिने व्यवस्था

कतिको प्रभावकारी
कोरोनाभाइरस नेपालमा फैलिन नदिन सरकारले कदम चालेको छैन त भन्न सकिदैन । सरकारले विभिन्न कार्यक्रमहरु, निर्णयहरु सार्वजनि गरिनै रहेको छ । तर, कार्यन्वयनको पाटो फितलो भएको जनसर्वसाधारणको गुनासो छ ।

हुन पनि हो बजारमा पाइने विभिन्न थरीका मास्कमध्ये सबैजसो मास्कको हाहाकार छ यतिबेला। नेपालमै बन्ने कपडाको साधारण मास्कदेखि पेपर मास्क र विदेशबाट आयात हुने प्रोटेक्टिभ एवं मेडिकल मास्कसम्म सबैखाले माक्सको अभाव देखिएको छ पाइहोपनि ६ देखि ८ गुण बढि पैसा तिरेर किन्न बाध्य छन् तर, सम्बन्धित निकायको कान पुग्न सकेको छैन ।

त्यति मात्र हैन, विमानस्थलको स्क्यानिङ मेशिन बिग्रनु, सरासर पर्यटक आउन दिइनु छलफल भइरहेको छ भन्ने जवाफले टार्नु, अस्पताल लगायतको पूर्वतयारी राम्रोसँग नगरिनु, उपचाररत बिरामी अस्पतालबाटै भाग्नु, चीनको वुहानबाट निकै ढिलो गरेर नेपाली स्वदेश फर्काइनु जस्ता गतिविधिले प्रष्टै देखाउछ सरकारको आफ्ना जनताको स्वास्थयप्रतिको असंवेदनशीलता ।

यदि चीनमा जस्तै कोरोनाभाइरसको महामारीको रुपमा अरु देशहरुमा पनि फैलिएको खण्डमा त्यहाँ भएका नेपालीहरुलाई के कसरी सुरक्षित स्थानमा राख्ने, कसरी देश फर्काउने भन्ने बारेमा यहाँको सरकारसँग कुनै छलफल भएको छैन ।

विभिन्न नाका भएर संक्रमण भेटिएका देशहरुबाट खुलेआम अवतजावत गरिरहेका छन् ।

यस्तै कोरोनाभाइरसको रोकथाम र पूर्व तयारीको लागि कोरोना प्रभावित देशमा हुने उडान रोक्न माग भइरहेका बेला सरकारले तत्कालै कुनै पनि हवाइ उडानमा प्रतिबन्ध नलगाउनु ।

कोरोना प्रभावित देशमा हुने उडानमा निकै कटौती भएको विमानस्थले जनाएको छ । चीनमा हप्तामा ७० वटासम्म उडान हुँदै आएकोमा अहिले एअर चाइना र चाइना इस्टर्नले हप्तामा १२ वटा उडान गर्दै आइरहेका छन् ।

एक महिनाअघिसम्म दैनिक ९० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा अहिले विमानस्थलबाट दैनिक जम्मा ४५ देखि ५० वटा मात्रै अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।

यदि विदेशबाट आएका कोहि व्यक्तिलाई संक्रमण भेटिहाले अस्पताल लान एम्बुलेन्स चालक तयार नहुनु । चालक भएपनि पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) नहुनु ।

डब्लुएचओकाअनुसार स्क्रिनिङमा खटिने कर्मचारीहरुले मास्क, ग्लोब्स, चस्मा, गाउन, खुट्टामा लाउने बुट, ह्याण्ड स्यानिटाइजर र डिसइन्फेक्सन स्प्रे अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । तर, त्रिभुवन विमानस्थलमा खटिएका चिकित्सकहरुसँग मास्क र ग्लोब्स समेत पर्याप्त छैन एम्बुलेन्स चालकमात्र होइन्, विमानस्थल हेथ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरु पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट (पीपीई) पर्याप्त नभएकाले त्रसित बनेका छन् । मनमा डर बोकेर विमानस्थलमा आउने यात्रुहरुलाई स्क्रिनिङ गर्नुपर्ने बाध्यता छ ।

विमानस्थलबाट ज्वरो नापेर मात्रै संक्रमित मानिस छिरे या नछिरे भन्न नसकिने चिकित्सक बताउछन् ।

विमानस्थलको हेल्थ डेस्कदेखि थर्मल स्क्यानर भएको क्षेत्रमा ‘डिसइन्फेक्सन स्प्रे’ छर्किनुपर्ने डब्लुएचोको मान्यता छ । तर, यो काम पनि अहिलेसम्म नपालमा छैन ।

स्वास्थ्य मन्त्रालयले विमानस्थलमा हेल्थ डेक्स राख्नु र अस्पतालालाई तयारी अवस्थामा बस्न निर्देशन दिनु बाहेकको तयारी खासै भएको छैन ।

हाम्रो अस्पतालमा कति सतर्कता अपनाइएको छ भन्ने कुरा पछिल्लो सयम सार्वजनिक भएको एउटा समाचारले छताछुल्ल पारेको छ । कोरियाबाट फर्किएका एक युवामा कोरोनाभाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचारका लागि राखिएको थियो । उनी अस्पतालको झ्यालबाटै भागे । त्यति मात्र हैन तातोपानी र रसुवामा मात्रै क्वारेण्टाइनको व्यवस्था गरिएको र बाँकी नाकामा त्यस्तो व्यवस्था नभएकाले ती नाकाबाट कोरोना भाइरसका संक्रमित भित्रिन सक्ने सम्भावना छ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमण भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने बताएपनि भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका कारण अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएको छ ।

अहिले नेपाल प्रवेश गर्ने नाकाहरूमा स्वास्थ्य सहायता कक्षहरू राखिए पनि त्यहाँ न उपकरण छन् न दक्ष जनशक्तिको व्यवस्था गरिएको छ ।

तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका अनुसार विश्वभर फैलिँदै गएको कोरोना संक्रमण फैलन नदिन पूर्व तयारी गरिएको छ । उनले भने, ‘तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको छ ।’

‘पहिलो कोरोना नेपाल भित्रिनै नदिने, दोस्रो भित्रिएमा सबै राज्य संयन्त्र र निजी अस्पतालको सहयोगमा त्यसलाई निर्मुल पार्ने र तेस्रो यदि महामारीको रूप लिएमा स्वास्थ्य संकटकाल घोषणा गर्ने र तदअनुरुप अघि बढ्ने ।’

अन्य देशमा कस्तो कडाइ
कोरोनाभाइरसबाट नराम्रोसँग प्रभावित चीनका मुख्य भूभागबाट जाने यात्रुहरुलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, अमेरिकामा पनि चीनबाट जाने यात्रुहरुलाई प्रवेशमा रोक लगाइएको छ ।

यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ ।

अन्य देशहरुले विमानस्थलको चेकजाँचमा कडाइ देखि आफ्नो देशमा चिनियाँलाई प्रवेश निषेध गरेको छ । कतिपय खेल प्रतियोगिताहरूस्थगित भएका छन् भने विद्यालयहरु पनि बन्द गरेका छन् । खेलहरु रंगशाला बन्द गरेर खेलाइनु ।

तत्काल रोकथाम नभए विश्वका साढे ४ करोड मानिसको मृत्यु हुनसक्ने
हङकङका पब्लिक हेल्थ मेडिसिनका प्रोफेसर गेब्रियल लेउका अनुसार कोरोना भाइरसको तत्कालै रोकथाम नभए विश्वभरिबाट साढे ४ करोड मानिसको मृत्यु हुनसक्छ । यस भाइरसबाट हुने मृत्युदर १ प्रतिशतमा घट्दा पनि यति ठूलो मानवीय क्षति हुने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : यतिबेला सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री महंगो भएको भन्दै चौतर्फि आलोचना भइरहेको

काठमाडौं : काठमाडौं उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो

काठमाडौं : कालिमाटी फलफूत तथा तरकारी बजारभित्र अब भारतबाट आएका सवारी साधनले प्रवेश नपाउने भएका

काठमाडौं : हालसम्म नेपालमा पाँच जनामा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती मध्ये

काठमाडौं : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य

काठमाडौं : विदेशबाट फर्नेका नागरिक अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । सरकारले विदेशबाट फर्केर

काठमाडौं : सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र परेका ११ सय १६ पर्यटकहरुलाई उद्दार गरेको छ।

काठमाडौं : कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ ।

काठमाडौं : कतार एयरवेजबाट यहाँ नेपाल आएका पाँचै जनाको नतिजा नेगेटिभ आएको छ । सोही

काठमाडौं : कोरोनाभाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवम् सांसद प्रभु साहले लकडाउनलाई प्रभावकारी बनाउन

वीरगन्ज– कोरोना भाइरस (कोभिड १९) को संक्रमणको त्रास बढे संगैरौतहट जिल्लाको क्यारेन्टाइनमा बस्नेको संख्या दिनप्रति