भुटानमाथि नेपालकाे सहज जित



काठमाडौं : सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको सानदार जित निकालेको छ । भुटानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले  २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।

 

१५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभर खेल्दा  ३३ रनमै समेटियो । भुटानको ब्याटिङ धरासायी बनाउने क्रममा स्पीनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए । सन्दीपले ४ ओभरमा २ मेडन गर्दै  ६ रन दिए भने ललितले पनि २ मेडन गर्दै ४ रन मात्रै दिए । 

 

त्यसै गरी वसन्त रेग्मीले २ दीपेन्द्रसिंह ऐरीले १ र शरद भेषावाकरले १ विकेट लिए । भुटानका तेन्जिङ वाङचुकले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके ।१९ बल खेलेका उनले ११  रन बनाए । भुटानका ११ ब्याट्सम्यानले नेपालविरुद्ध ४ वटा बाउन्ड्री प्रहार गर्न सके ।  

 

पहिलो ओभरमा २ विकेट गुमाएको भुटानको  चौथो ओभरमा २, छैटौं र सातौं ओभरमा १–१, नवौं र दशौं ओभरमा १–१  विकेट गुमेको थियो ।  

 ब्याटिङ तर्फ  स्कोर ६ रन हुँदा पहिलो ओभरमा नै विनोद भण्डारीको विकेट गुमाएको नेपालका लागि प्रदीप ऐरी र अनिलकुमार साहले राम्रो साझेदारी गरे । 

 

नोपलका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रन बनाए । ६८ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरी अविजित रहे अनिलकुमार साहले २७ र दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३, करण केसीले ११ रन बनाए । 

 

नेपालले प्रतियोगिताको यसअघिका ३ खेलमा सहज  निकालेको थियो । म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको नेपालले थाइल्याण्डलार्इ डकवर्ड जुइस  नियमका आधारमा १४० रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्