उच्च अदालतमा अधिकारीलाई जिम्मेवारी 



विराटनगर: उच्च अदालत विराटनगरको कायममुकायम मुख्य न्यायाधीशको जिम्मेवारी शिवराज अधिकारीले पाएका छन् । न्यायपरिषद्ले मुख्य न्यायाधीश डा.कुलरत्न भुर्तेललाई काजमा तानेपछि कायम मुकायमको जिम्मेवारी अधिकारीलाई दिइएको हो ।

अधिकारीले कामु मुख्य न्यायाधीशका रुपमा बुधवारबाट न्यायसम्पादन सुरु गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए ।

बहुचर्चित ३३ किलो सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्धामा न्यायाधीशको भूमिका शंकास्पद रहेको भन्दै उच्च अदालतका मुख्य सहित अन्य न्यायाधीशको काज सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्