कोरोनाले वैदेशिक व्यापारमा अस्थायी प्रभाव पर्ने : चीन


एजेन्सी : माहामारीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको प्रभाव चीनमा अस्थायीरूपमा केही समय रहने यहाँको बाणिज्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।

वाणिज्य मन्त्रालयको विदेश व्यापार विभागका निर्देशक ली जिंगकियानले भिडियोमार्फत गरिएको एक पत्रकार सम्मेलनमा भने, “चीनले विदेशी व्यापार उद्यमलाई उत्पादन पुनः सुरु गर्न र प्रकोपबाट हुने नतीजालाई कम गर्न प्रक्रियालाई जारी राखेको र छिट्टै सबै ठीक हुनेछ ।”

उनले भने, “झेजियांग र तियानजिनका सबै प्रमुख विदेशी व्यापार कम्पनीहरूले फेरि काम सुरु गरेका छन् भने गुआङडोङ, जियाङ्सु, साङ्घाई, शान्दोङ र चोङ्किङका ७० प्रतिशतभन्दा बढी विदेशी व्यापार कम्पनीहरूले उत्पादन पुनः सुरु गरिसकेका छन् ।”

“सरकारले कम्पनी सञ्चालनका लागि गरेको सहयोगको नीति प्रभावकारी बन्न थालेकोले धेरैभन्दा धेरै कम्पनीहरू काममा फर्किएका छन् भने चीनको वैदेशिक व्यापारले क्रमशः गति लिन थालेको छ,” लीले भने ।

“यद्यपि पहिलो त्रैमासिकमा चीनको निर्यात र आयात दुबैमा कम हुनेछ,” लीले भने । देशको वैदेशिक व्यापारको सकारात्मक विकासको प्रवृत्ति परिवर्तन हुन स्वभाविक रूपमा लामो समय लाग्छ ।

“मन्त्रालयले आफ्नो नीतिगत प्रणालीलाई अझ समृद्ध बनाउने छ, विदेशी व्यापार उद्यमहरूलाई थप सटिक उपायहरू प्रदान गर्न सहयोग पु¥याउने छ, उत्पादन पुनः सुरु गर्न र विश्वव्यापी आपूर्ति श्रृङ्खलाको स्थिरता कायम गर्न मद्दत गर्नेछ,” लीले भने । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीले विदेशबाट फर्किएका नेपालीहरुमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखापर्न थालेपछि विदेशबाट आउने सबैलाई

उदयपुर : उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा कोरोनाभाइरस (कोभिड–१९)को आशंकामा भर्ना भएका एक जना बिरामी

वीरगन्ज– विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन विभिन्न समाजिक अभियान्ता स्थानियको

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि विश्व बैंकले

काठमाडौं : अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको सरकारी आदेशविरुद्ध तपाईँ विना काम वा

जनकपुरधाम : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको त्रास एवं निरन्तरको लकडाउनका कारण जनकपुरधामस्थित

काठमाडौं : सरकारले कोरोनाभाइरस सङ्क्रमणको परीक्षण आउँदो सातासम्ममा नेपालगञ्ज र पोखरामा पनि सुरु गर्न सकिने

काठमाडौं : काठमाडौं उपत्यका बाहिर फेरी एक युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ

एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको

काठमाडौं : इटलीले कोरोनाभाइरसको सङ्कटका कारण अन्तिम संस्कारको आयोजनामा प्रतिबन्ध लगाएको छ। कोरोनाभाइरसले आफ्ना दिवङ्गत

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले महानगरक्षेत्रमा विषादी छर्ने काम शुरु गरेको छ । कोरोना भाइरस (कोभिड १९)

काठमाडौं : नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको