घुस खाएको अभियोगमा खरिदार पक्राउ



काठमाडौं :  भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज बाँकेमा कार्यरत खरिदार सञ्जयकुमार ठाकुर घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

 

ठाकुरलाई उनकै कार्यकक्षबाट घुस लिएको ५० हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । यस सम्बन्धन थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव रामेश्वर दंगालले जानकारी दिएका छन् ।

 

अख्तियारका अनुसार ठाकुरले सेवाग्राहीसँग जग्गा रजिस्ट्रेसन पास पारित गर्दा लाग्ने राजस्व मिलाइदिने भन्दै घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्