भुटानमा पनि देखियो कोरोना भाइरस



काठमाडौं : भुटानमा पनि एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

शुक्रबार भुटानमा पनि पहिलो पटक अमेरिकी नागरिकमा कोरोनाभाइरसको संक्रमण देखिएको प्रधानमन्त्री लोटे छिरिङले जानकारी दिए। ७६ वर्षीय ती नागरिक भारत हुँदै गत सोमबार भुटान पुगेका थिए।

प्रधानमन्त्री लोते छिरिङले फेसबुकमा एक पोष्ट गर्दै २ हप्ताका लागि विदेशी पर्यटकका लागि सीमाना बन्द गरिएको पनि जानकारी दिएका छन् ।

विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसबाट विदेशी पर्यटक संक्रमित भएपछि भुटानले आफ्नो सीमाना विदेशी पर्यटकका लागि बन्द गरेको समाचारमा बताइएको छ ।

त्यस्तै राजधानी थिम्पुसहित ३ स्थानका विद्यालय शुक्रबारदेखि २ हप्ता बन्द गरिने भएको छ । भुटान आएका ८ जना भारतीयलाई पनि क्वारेन्टाइनमा राखिएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

भुटानका स्वास्थ्य अधिकारीले संक्रमित अमेरिकी नागरिकको सम्पर्कमा आएका झण्डै ९० जनालाई निगरानीमा राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्