सरकारको विरोधमा तरुण दलको प्रदर्शन



जनकपुरधाम : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बुधबार जनकपुरमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । त्यस क्रममा पिडरिया माईस्थानस्थित कांग्रेस पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस मुरली चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

कार्यक्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र, बढ्दो भ्रष्टाचार, महँगी, वाइडबडी खरिदमा अनियमितता, निर्मला पन्तका हत्यारालाई ढाकछोपलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सातै प्रदेशका राजधानीमा प्रदर्शन आयोजना गरिएको बताए ।

 

तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, धनुषा जिल्ला अध्यक्ष सञ्जयलाभ कर्ण, उपाअध्यक्ष राकेशविक्रम साहलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

 

विरोध कार्यक्रममा कांंग्रेस नेता आनन्द ढुंगाना, रामकृष्ण यादव, दिनेश प्रसैला यादवलगायतको उपस्थिति थियो । यसअघि तरुण दलले मंगलवार प्रदेश १ को विराटनगरमा प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्