प्रियंका चोपडाले किनिदिइन् कुकुरलाई ५९ लाखको ज्याकेट !



अभिनेत्री प्रियंका चोपडा निक जोनससँगको बिहेपछि यतिबेला अमेरिकाको लस एञ्जलसमा बस्दै आएकी छिन् ।

 

उनी अहिले आफ्नो युट्यूब च्यानलको काममा व्यस्त रहेको बताइन्छ । त्यो बाहेक पनि उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण चर्चामा छिन् ।

 

 हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्बिरमा कुकुर बेडमा बसिरहेको र हुडी ज्याकेट लगाएको देख्न सकिन्छ ।

 

प्रियंकाले फोटोसँगै क्याप्सन लेखेकी छिन्, ‘लस एञ्जलसमा निकै चिसो छ । ज्याकेटका लागि मोन्क्लरलाई धन्यवाद ।’

 

कुकुरलाई ज्याकेट त सबैले लगाइदिन्छन् । तर प्रियंकाको कुकुरले लगाएको ज्याकेटको मूल्यले भने सबैलाई चकित तुल्याउनेछ । 

 

प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५१ हजार ६ सय ५४ अमेरिकी डलर(झण्डै ५९ लाख नेपाली रुपैयाँ) रहेको इन्डिया टुडेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्