गाँजा खेती गरियो भने करोडौँ आम्दानी हुन्छ : सांसद शेरबहादुर तामाङ



काठमाडौं : लागूऔषध नियन्त्रण ऐनले गाँजा उत्पादन, खरिदबिक्री र ओसार पसारमा प्रतिबन्ध लगाएको छ । उत्पादन र संलग्नमाथि कैद र जरिवानाको पनि व्यवस्था गरिएको छ । गाँजालाई खुला गर्दा नेपाल अन्तराष्ट्रिय लागूऔषध कारोबारको केन्द्र बन्ने तर्क गरिरहेका छन् भने यूवाहरूमा विकृति बढ्ने तर्क गरिरहेका छन् ।


सोमबार प्रतिनिधि सभाको विधेयक शाखामा सांसद शेर बहादुर तामाङले गाँजा विधेयक दर्ता गरेका हुन् । तामाङले दर्ता गराएको गाँजा विधेयक नयाँ संविधान जारी भएपछिको पहिलो गैरसरकारी विद्येयक हो । सांसद तामाङले गाँजा खेतीलाई खुला गरेमा विदेसिएका नेपाली स्वदेश फर्कने र विदेशमा गाँजा निर्यात गरी मुलुकको आयआर्जन बढाउन सकिने बताउँछन् ।

नेपालमा खेती गरिने गाँजा अन्य मुलुकको भन्दा उच्च स्तरको रहेको मान्यता रही आएको तामाङको दाबी छ। गाँजा खेतीबाट हरियाली वातावरण भइ जलवायु परिवर्तनलाई न्यून गर्न समेत सहयोग पुग्ने, किसानको आर्थिक स्तरमा सुधार ल्याउन सकिने जस्ता अनेकौं फाइदा रहेका उनको भनाई छ ।


प्रतिनिधिसभामा गाँजा खेती गर्न पाउनुपर्छ भनेर विद्येयक दर्ता गराउनु भएको थियो, किन ?
सीधा छोटो कुरा गर्दा नेपाल र नेपालीलाई समृद्ध बनाउनको लागि हो । गाँजा नेपालमा भएको एउटा महत्तवपूर्ण बनस्पति हो । अन्य मुलुकमा पनि पाईन्छ तर नेपालमा यसको गुण बढी छ र नेपालमा उत्पादन हुने गाँजाबाट धेरै भन्दा धेरै औषधि बनाउन सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा गाँजा पहिलो महत्वपूर्ण बनस्पती हो । त्यसैले यसको उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिएमा नेपाली किसान पनि धनि हुने र सिँगो नेपाललाई पनि समृद्ध बनाउन सकिन्छ ।


अनुमति कसलाई दिने ?
क–कसलाई उत्पादन गर्न दिने भनेर हामीले विधेयकमा नै उल्लेख गरेका छौं । मुख्य गरी किसानलाई नै उत्पादन गर्ने अधिकार दिने हो ।


राष्ट्रियसभाबाट पारित भयो भने यो विधेयक कानुन बन्छ अनि गाँजाको खुलेआम विज्ञापन गर्ने ?
त्यो हाम्रो कानुनमा नै उल्लेख गरिएको छ । गाँजा विज्ञापन गरेर बेच्न पाइदैँन ।


अनि यसको मार्केटिङ कसरी गर्ने त ?
यसको बजार नेपाली बजार होइन । अन्तराष्ट्रिय बजार हो । यो किसानबाट सरकारको एउटा संयन्त्रमार्फत जम्मा हुन्छ । किसानले उचित मूल्य पाउँछन् । अहिले गैर–कानुनी रुपमा उत्पादन भइरहेको भए पनि किसानले त्यसको उचित मूल्य पाउन सकेका छैनन् । उत्पादन भएका गाँजा निकै सस्तो मूल्यमा बिक्री भइरहेको छ । बिचौलियाले भने राम्रो कमाइ गरिरहेका छन् । तर, किसानले भने राम्रो मूल्य पाउन सकेका छैनन् । यसलाई वैधानिकता दिने हो भने गैर–कानुनी रुपमा बिक्रीवितरण रोकिन्छ र किसानले उत्पादन गरेको गाँजा राज्य संयन्त्रले जम्मा गर्छ र अन्तर्राष्ट्रिय बजारमा जान्छ ।


नेपालीले यसको उपभोग गर्न पाउँदैन् ?
नेपालीहरूले सिधै उपभोग गर्ने कुराहरूलाई हामीले कानूनमा त्यति धेरै खुल्ला गरेका छैनौं । किनभने यो औषधी गुण भएको हुनाले डाक्टरको सल्लाहको आधारमा औधषिको रुपमा प्रयोग गर्ने कुरालाई मात्र खुल्ला गरेका छौं ।


तर अहिले त गाँजा बैधानिक छैन?
छैन, तर मान्छे खान्छन् ।


खान्छन् । त्यही त बैध गर्दा विकृति पो बढ्छ कि ?
त्यही त बैधानिक गरौँ । खानेकुरालाई डाक्टरकोे सल्लाहको आधारमा पाउने कुरालाई मात्रै व्यवस्थित गरौं । जथाभावी खानेकुरालाई रोकिदिनुपर्छ । फेरि खाँदा पनि बिग्रिहाल्ने चाहीँ केहि पनि छैन । यो औषधिय गुण भएको चीज हो । मान्छे एकछिन आनन्द लिन्छन् तर यसले तपाईंको चाही खासै केही पनि बिग्रदैन । र त्यो कुरालाई हामीले खुला पनि गर्दैनौं ।


युवाहरूले आफ्नै साथी गाँजाको लतले बिग्रिएका छन् भनेर यसलाई वैधानिकता दिनुहुदैँन भन्छन् त ?
बिग्रेकै कुरा गर्दा अन्य चिज खाएर पनि बिग्रिएर हिँडेका छन् । गाँजाहरुसँग अरु तत्व मिलाएर अन्य लागूपदार्थ खायो भने बिग्रन्छ । यो सत्य कुरा हो । तर गाँजा खाएर बिग्रदैन । गाँजासंग मिसाएर अरु व्यापार गर्ने र अवैध रुपमा लागूपदार्थ व्यापार गर्नेहरूले गाँजासंग मिसाएर अथवा अरु लागूपदार्थ मिलाएर बेच्यो भने बिग्रने हो । तर गाँजा खाएर कोही पनि बिग्रेको छैन ।


बाग्मती प्रदेशको पनि प्रदेशसभामा यो विधेयक दर्ता भएको छ, तपाईंहरूबीच समन्वय भएको थियो ?
हजुर हो । यो हाम्रो १० सौं वर्षको अध्ययन हो यो । हामीले सबै अनुसन्धानहरू ग¥यौं । चिकित्सकहरू लाग्नुभयो । यसको विज्ञहरूको यसमा संलगनता छ । अन्तराष्ट्रिय स्तरमा के छ ? कुन–कुन देशमा वैध छ ? कुन देशमा यसको व्यापारको अबस्था के छ ? उत्पादन गर्दा किसानले कति मूल्य पाउन्छन् सबै अध्ययाहरू भएका छन् । म भन्छु यो कानूनपारीत गरेर किसानले उत्पादन गर्ने र राज्यले संकलन गरेर अन्तराष्ट्रिय बजारमा पठाउने हो भने नेपालको अहिलेको बजेट हामी २ देखि ३ गूण वुद्धि गर्दिन्छौं । अहिले १५ खर्बको वजेट हामी खेलिरहेका छौं ५०–६० खर्बको वजेट पुराउन हामीलाई कुनै पनि गह्रो छैन् । प्रत्यक किसान लखपति करोडपति हुन केही पर्खिनुपर्दैन । ५–७ वर्ष पर्खनुपर्दैन । छिट्टै नै हामी गर्न सक्छौं । त्यसैले हामीले १० औँ वर्षको एउटा अध्ययन र अनुसन्धानबाट निस्केको निष्कर्ष हो । त्यो निष्कर्षको आधारमा प्रदेश सभामा यो दर्ता गर्ने माननिय केशव स्थापित जीलाई हामीले टीमकै हामीले छलफल गरेर यसको सबै अध्ययन गरेका थियौं । सार्वजनिक धारणाका लागि उहाँलाई हामीले बुज्न लगायौं । उहाँले बोल्नुुुभयो । त्यस पछि संसदमा विनोद खतिबडा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनु भयो । यसरी माहौल बन्दै गयो र विज्ञानले पनि यो लागूपर्दार्थ होइन भनेर प्रमाणित गर्यो । यो औषधिय गुण भएको तत्व हो । नेपालमा पाइने चिसो हावा, पानी, जमीन र सबै हिसावले नेपालको सबैभन्दा सबैभन्दा गुणस्तरीय गाँजा हो ।


तपाईंको समकक्षीहरू कत्तिको सकारात्मक हुनुहुन्छ ?
नकारात्मक हुनुपर्ने कुनै ठाँउ नै देख्दिन म त । किनभने यसले हानी नै हुँदैन । सबैलाई फाइदा नै फाइदा छ भने किन नकारात्मक हुने ? शतप्रतिशत सकारात्मक छन् । र, माहौल यस्तो बन्दै जाने छ कि आम नेपाली युवाहरूलाई काम नपाएर, नेपालभित्र आम्दानी नभएर, पैसा नभएर, पैसा कमाउने बाटो नभएर, रोजगारी नभएर तल्लो तहको श्रम गर्नको लागि विदेशिनु पर्ने वाध्यता छ । विदेशमा के सबैको राम्रो भएको छ त ? कतिको घर परिवार बिग्रकेको छन् । कति त आकासमा उडेर गएर बाकसमा बन्द भएर आउनु परेको छ । त्यस्तो दर्दनाहक स्थिति हामीले व्यहोरिरहेका छौँ । लाखौं नेपाली युवाहरू विदेशमा काम गरिरहेको छन् के फरक प¥यो र ? गाँजा खुला गरौं । त्यो बाझाँ बारीहरूमा खनेर गाँजाको बिउ छर्ने र यो आफैँ उत्पादन हुन्छ । पैसा कमाऊँ । हजारमा हैन, लाखमा हैन करोडमा आम्दानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्