लागुऔषधसहित चार जना पक्राउ



काठमाडौं : प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका असोक लामा, रमेशथापा मगर, सिन्धुपाल्चोक मार्मिङ -९ का राकेश श्रेष्ठ र विशाल श्रेष्ठ रहेका छन्।

 

 उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाले बुधबार सुन्धाराबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले नुफिन तीन सय ४९ एम्पुल, फेनेरागन तीन सय ४८ एम्पुल, डाईजेपाम तीन सय ४८ एम्पुल नाइट्भेट एक हजार ६५ ट्याबलेट, नाइट्रोसुन एक सय ६० ट्याबलेट, पाँच सय ग्राम गाँजा, विभिन्न कम्पनीका मोबाइल १२ थान र नगद  १४ हजारसमते बरामद गरेको छ। 

 

पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्