अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई ८ महिनाको जेल सजाय



काठमाडौं : अष्ट्रेलियामा कार्यरत एक नेपाली युवालाई त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको छ। कार्यस्थलमा एक वृद्धमाथि कुटपिट गरेको अभियोगमा नेपाली युवा प्रकाश पौडेललाई ८ महिनाको जेल सजाय सुनाइएको हो ।

 

एजकेयरमा एआइएनका रूपमा कार्यरत पौडेलमाथि  सिड्नीको म्यानलीस्थित अदालतले दोषी ठहर गर्दै सो निर्णय गरेको जनाइएको छ । 

 

उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्‌मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका भिडियो र तस्विरहरु सार्वजनिक भएका थिए ।  तर पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

 

डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेको भन्दै सम्बन्धित परिवारले भिडियो सार्वजनिक गरेको थियो । भिडियो सार्वजनिक भएलगत्तै उक्त परिवारले अदालतमा मुद्धा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्