बाघको छाला तस्करीमा सैनिक जवान नै संलग्न, चार पक्राउ



काठमाडौं : नेपाली सेनाका दुई जवान सहित चार युवा बाघको छालासहित पक्राउ परेका छन् । एक थान पाटे बाघको छाला र तीन थान चितुवाको छाला ओसारपसारको क्रममा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

स्याङ्जा स्थायी घर भइ हाल धादिङको बैरेनी ब्यारेकमा कार्यरत नेपाली सेनाका जवान सोमराज श्रेष्ठ, भद्रकालीस्थित विकास निर्माण बाहिनीमा कार्यरत जवान गोरखाका सलिम मिया, कपिलवस्तुका राजन थापा र अर्घाखाँचीका मानबहादुर नेपाली पक्राउ परेका हुन् ।

 

कपिलवस्तुबाट काठामाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरु सोमबार राति थानकोटस्थित नागढुंगाबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले पूर्व सूचनाको आधारमा उनीहरुलाई नागढुंगास्थित पिपलबोटबाट पक्राउ गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्