दुई दिन विद्युत आपूर्ति वन्द हुने



संखुवासभा: ३३ केभि विद्युत प्रसारण लाइनको दुहबी–धरान क्षेत्रमा समस्या देखिएकाले दुई दिन पूर्वमा विद्युत अवरोध हुने भएको छ । संखुवासभा र अन्य जिल्लामा वितरण गरिएको ३३ केभि विद्युत प्रसारण माघ १० र ११ गते दिउँसो १ वजेबाट ६ वजे सम्म विद्युत अवरोध हुने भएको हो ।

विद्युत पूर्वका संखुवासभा ,भोजपुर ,धनकुटा ,तेह्रथुम ,सुनसरी लगाएका जिल्लामा माघ १० र ११ गते विद्युत अवरुद्ध हुने विद्युत वितरण केन्द्र शाखा खाँदबारीका प्रमुख ध्रुब अधिकारीले जानकारी दिए । लामो रुट भएको कारण विभिन्न ठाउँ समस्या हुँदा वेला वेलामा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । दुहवी–धरानको रुटमा पटक पटक समस्या आईरहेकोले त्यसको मर्मत गर्नु पर्ने भएकाले विद्युत अवरोध हुने बताइएको छ ।

‘ दुहवी र धरानको विच वढी समस्या देखिदा वेला वेलामा विद्युत अवरुद्ध हुने गरेको शाखाका प्रमुख अधिकारीको भनाइ छ । त्यसको मर्मतमा टेक्निसियन पठाएर दुई दिन आशिंक रुपमा विद्युत वन्द गरेर काम गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्