महिलाले रचेका इतिहास



आज अन्तर्राष्ट्रिय नारी दिवस, ३६५ दिनमा एक दिन नारी दिवस ! आज कुरा गरौँ समाजको अनि संसारको अनि यो समाजका केही अपरिहार्य शक्तिको ।

आमाको काख, दिदीबहिनीको स्नेह, श्रीमतीको माया यी सबै नारीपात्र अनि यिनको प्रगााढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छ । तर, आज समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ, २१ औँ शताब्दिको यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन् जब एउटी नारी निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् ।

एउटा पुरानो उखान छ, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’’… अर्थात, ‘‘जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्’’ तर लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ…… सतिले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखौँ सामाजिक संकिर्णताका सिकार महिलाहरूको आशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।

पुरुषको तुलनामा अझैपनि महिलाहरू कमजोर मान्छिन् । महिला नेतृत्वमाथि विश्वास पनि कम नै हुने गरेको पाइन्छ । तर, महिलाहरूले आफ्नो समान अधिकारको लागि संर्घष गरिरहेका छन्

विश्वव्यापीरुपमा उनीरूले आन्दोलन चलाए । समाज र घरमा आफ्नो अधिकारको लागि निरन्तर लागि परे ।

कुनै समय महिलाको परिचय दयनियमा मात्र सिमित थियो । चुलोचौको महिलाको पर्यायवाची शब्द थिए । तर, आज समाजमा यस्तो उदाहरणहरू छन् जो गर्व गर्न लायक छन् । घरको चार कोठाबाट बाहिर निस्केर आज उनीहरू गरिमामय पदमा बसेर देश र जनताको अधिकारको लागि काम गरिरहेका छन् । महिलाको नेतृत्व पछिल्लो समय विश्वमा नै असल र उदारणीय ढंगमा भइरहेको छ ।

इतिहासमा अनगिन्त पानाहरूमा महिला नायकहरू लुकाइएका छन् । तर, हामी तपाइहरूलाई यस्तो महिलाहरूको बारेमा जनकारी गराउँदै छौं जो सम्पूर्ण इतिहास नै परिर्वतन गर्न सफल भएका छन् ।

विद्यादेवी भण्डारी : राष्ट्रपति, नेपाल
विद्यादेवी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति हुन् । संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते भण्डारी राष्ट्रपतिमा चयन भएकी थिइन् ।

राष्ट्रपति हुनु अघि उनी नेकपा एमालेको उपाध्यक्ष थिइन् । त्यसअघि उनले २०६६ सालमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । भण्डारी एमाले नेता मदन भण्डारीकी श्रीमति हुन् । तत्कालिन अवस्थामा मालेबाट भातृ संगठनमा राजनीतिमा लागेकी उनले मदन भण्डारीसँग २०३९ सालमा विवाह गरेकी थिइन् । २०५० सालमा श्रीमानको रहस्यमय दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा थप सक्रिय भइन् । उनले काठमाडौंको उपनिर्वाचनमा उम्मेद्वारको रुपमा खडा भएर प्रतिनिध सभा सदस्य निर्वाचित भइन् ।

२०५४ सालमा उनी एमालेको केन्द्रीय सदस्य निर्वाचित भइन् । त्यसपछि लगातार पार्टी केन्द्रीय राजनीतिमा संलग्न हुँदै एमाले उपाध्यक्षसम्म बनिन् । उनी २०५४ सालमा जनसंख्या तथा वातावरण मन्त्री समेत नियुक्त भएकी थिइन् ।

राज्यको हरेक अंगमा ३३ प्रतिशत प्रतिनिधित्वका लागि भण्डारीले महिला आन्दोलनको नेतृत्व गरेकी थिइन् । उनकै प्रस्तावमा २०६२–६३ पछि पुर्नस्थापित संसदले ३३ प्रतिशत सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो। हाल नेपालको संविधानले समेत राज्यका हरेक अंगमा एक तिहाई महिला प्रतिनिधित्वको व्यवस्था गरेको छ ।

जसिण्डा आर्डन : प्रधानमन्त्री, न्युजिल्याण्ड
जसिण्डा आर्डर्न न्युजिल्याण्डकी राजनेता हुन् । उनी हाल न्युजिल्याण्डको ४० औँ प्रधानमन्त्री पनि हुन् । आर्डर्नको सरकारले विशेष गरी न्युजिल्याण्डको आवास, बाल गरिबी र सामाजिक असमानतामा केन्द्रित रहेर काम गरिरहेको छ । आर्डर्न आफूलाई एक सामाजिक डेमोक्र्याट र प्रगतिशिलको रूपमा वर्णन गर्छिन् । उनी विश्वको सबैभन्दा कम उमेरको प्रधानमन्त्रीको पद सम्हालने महिला हुन् । आर्डर्नलाई विश्वमा सबभन्दा शक्तिशाली महिलाको रूपमा व्याख्या गरिन्छ । यससँगै उनको सालिन व्यवहारको पनि निकै चर्चा हुने गरेको छ ।

एन्जेला डोरोथिया मर्केल : चान्सलर
एन्जेला डोरोथिया मर्केल जर्मनीको राजनीतिज्ञ तथा वर्तमान चान्सलर हुन् । उनी भूतपूर्व शोध वैज्ञानिक पनि हुन् । मर्केल वर्ष २००० देखि क्रिस्टियन प्रजातान्त्रिक संघ (जर्मनी)को नेतृत्व गर्दै आएकी छन् । उनी जर्मनीका पहिलो महिला हुन् जसले यो मध्येको कुनै पदको दायित्व सम्भाल्दै आएकी छन् । फोर्ब्रसद्वारा विश्वको सबैभन्दा शक्तिशाली महिला वर्ष २०१४ को सूचीमा एन्जेला मर्केल प्रथम स्थानमा रहेकी थिइन् । २०१३ को जारी सूचीमा पनि उनी प्रथम स्थानमा रहेकी थिइन् ।

शेख हसिनाः प्रधानमन्त्री, बग्लादेश
शेख हसिना दक्षिण एसियाली राष्ट्र बङ्गलादेशको वर्तमान प्रधानमन्त्री हुन् । उनको जन्म सन् १९४७ सेप्टेम्बर २८मा पूर्वी बङ्गालको तुन्जीपारा भन्ने ठाउँमा भएको थियो । उनी बङ्गलादेशकी १० औँ प्रधानमन्त्री हुन् र उनले यो पद सन् २००९ जनवरीबाट सम्हालेकी हुन् । साथै उनी बङ्गलादेशको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री पदमा रहने व्यक्ति समेत हुन् । उनी बङ्गलादेशको पहिलो राष्ट्रपति शेख मुजीवुर रहमानको छोरी हुन् । उनको राजनितिज्ञ जीवन करिब ४ दशकभन्दा लामो रहेको छ । उनी यसभन्दा अघि प्रतिपक्षको नेताको रूपमा सन् १९८६ देखि १९९० तथा सन् १९९१ देखि १९९५ सम्म काम गरेकी थिइन् ।

सन्ना मारिनः प्रधानमन्त्री, फिनल्याण्ड
सन्ना मारिन फिनल्याण्डकी वर्तमान प्रधानमन्त्री हुन् । यातायात मन्त्री रहेकी मारिन उमेरले ३४ वर्षको उमेमा प्रधानमन्त्रीको रुपान निर्वाचित भएकी हुन् । विश्वकै कम उमेरकी पदासीन प्रधानमन्त्री हुन् । विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्न गइरहेकी सन्ना आफ्नो परिवारबाट अध्ययनका लागि विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् । उनलाई उनकी आमाले एक्लै पालेकी थिइन् ।

रुला वन डे लियन : युरोपियन आयोगकी अध्यक्ष
रुला वन डे लियन जर्मन राजनीतिज्ञ र यूरोपीयन आयोगका अध्यक्ष हुन् । उनले २००५ देखि २०१९ सम्म जर्मनीको संघीय सरकारमा एन्जेला मार्केलको मन्त्रीपरिषदको सबैभन्दा लामो सदस्यको रूपमा सेवा गरिन् । उनी क्रिश्चियन डेमोक्रेटिक युनियन र यूरोपियन पीपुल्स पार्टीको सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्