सुदूरपश्चिमका सुपथ मूल्य पसलमा चिनी पाइएन



कैलाली : साल्ट टे्रडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीले दशैं तिहारको अवसरमा सञ्चालन गरेको सहुलियत पसलमा चिनी बिक्री गरेको छैन ।

 

सुदूरपश्चिम प्रदेशका ७ स्थानबाट सहुलियत दरमा चिनी, नुन र चामल बिक्री वितरण गर्ने जनाए पनि हालसम्म चिनी भने बेचेको छैन । चिनीसँगै नुन र चामल वितरण गर्ने जनाए पनि चिनीको मुल्य निर्धारण नभएकाले बिक्री वितरण रोकेको हो 

 

सरकारले अहिलेसम्म चिनीको मूल्य नतोकेका कारण व्यापारीले चिनीमा कालोबजारी गरेका उपभोक्ताहरुले आरोप लगाएका छन् ।

 

साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका सूचना अधिकृत तेजबहादुर कुँवरले सरकारले नै चिनीको मुल्य नतोकेका कारण बिक्री वितरण गर्न नसकेको बताए । उनले मुल्य निर्धारण हुने बित्तिकै बिक्री शुरु हुने बताए ।

 

उपभोक्तालाई सहुलियत दरमा नुन, चिनी र चामल उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको साल्ट ट्रेडिङले नुन प्रतिकिलो १८ रुपैयाँमा बिक्री गरेको छ । उसले अहिलेसम्म ४ सय ८० किलो नुन विक्री गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्