तस्वीरमा हेर्नुहोस् ‘ए मेरो हजुर ४’ टिमको होली



काठमाडौं– ‘ए मेरो हजुर ४’ टिमले सेटमा नै होली मनाएका छन् । हाल पोखरामा छायांकन भैरहेको सो चलचित्रका टिमले सामान्य रुपमा होली मनाएको तस्वीर नर्देशक झरना थापाले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् ।

तस्वीरमा फिल्मका प्रमुख कलाकारहरु अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतसँगै निर्देशक झरना थापालाई अविरले रंगिएका छन् ।

सुनिल कुमार थापाको निर्माण रहने फिल्मलाई सञ्जय लामाले खिचिरहेका छन् । फिल्म अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुनेछ ।

‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो। यही सिनेमाबाट झरनाकी छोरी सुहानाले नेपाली रजतपटमा डेब्यू गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्