बालाजुमा सुतिरहेका युवकमाथि एसिड आक्रमण, श्रीमती पक्राउ



काठमाडौं : काठमाडौंको बालाजुमा एक युवकमाथि एसिड आक्रमण भएको छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि एसिड आक्रमण भएको हो ।

सोमबार राति १२ बजे सुतिरहेको समयमा श्रीमती प्रतिमा थापाले रामराजामाथि एसिड आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

महानगरीय प्रहरी वृत बालाजुका डीएसपी रञ्जितसिंह राठौरले २७ वर्षीया श्रीमती प्रतिमालाई नियन्त्रणमा लिएको छ ।

डीएसपी राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

प्रहरीका अनुसार प्रतिमाले भने झ्यालमा एसिड राखिएको र आफै बोत्तल खसेर मुखमा पर्न गएको बयान दिएकी छन् ।

एसिडले थापाको अनुहार र हातमा चोट लागेको र उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राजाराम र प्रतिमाबीच यसअघिदेखि नै मनमुटाब हुँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुबीच ६ वर्षअघि विवाह भएको थिए । उनीहरूको एउटा बच्चा पनि छ।

प्रतिक्रिया दिनुहोस्