चाइनिज कण्डमको आकारले हैरान जिम्बावे सरकार



काठमाडाैं : चाइनिज सामान विश्वको कुना–कुनामा बिक्छ। तर, विश्वभरीका मानिसहरुलाई  चाइनिज सामानबाट समस्या उत्पन्न हुन्छ। जिम्बावे सरकारको स्वास्थ्य मन्त्रालयले एक चाइनिज कम्पनीको उत्पादनले समस्या छ। कारण अचम्मको छ तर समस्या गम्भीर छ।

जिम्बावेको स्वास्थ्य मन्त्रीले भनेका छन् कि चाइनिज कण्डम जिम्बाबेका पुरुषहरुको लागि धेरै सानो छ। जसका कारण सरकारले औपचारीक रुपबाट यसको गुनासो गर्नु परेको छ। हुन सक्छ पहिलो पटक  यो खबर सुनेर तपाईहरु हाँस्नु भयो होला। तर अफ्रिकी देशहरुमा एचआइभी ठूलो समस्या छ। यसकारण कण्डम सहि नहुनु देशको स्वास्थ्य विभाकोलागि चिन्ताको विषय हो।

रिपोर्टका अनुसार जिम्बाब्बेको राजधानी हरारेमा भएको एक एचआइभी रोकथाम इभेन्टमा त्यहाँको स्वास्थ्य मन्त्री डेवीड परिरेन्यावाटाले यो भनेको हुन। उनले भने कि कण्डमलाई लिएर ‘वन साइज फिट फर अल’को कन्सेप्ट हो तर जिम्बाब्बेका पुरुष प्राय कण्डम  सानो हुनुको कारण बताएर प्रयोग गर्न सक्दैनन। 

ध्यान दिने कुरा यो छ कि जिम्बाब्बेमा १३ लाख मानिस एचआइभीबाट संक्रमित छन्। यस्तो खबरपछि कण्डम निर्माताहरुले यो गम्भीर मुद्धा भएको भन्दै  नयाँ साइजका साथ नयाँ उत्पादन  गर्ने बताएका छन्। उसो त जिम्बाबे बाहेक घाना र अन्य अफ्रिकी देशमा पनि चाइनिज कण्डमको साइजबारे गुनासो  आएको छ। 

प्रतिक्रिया दिनुहोस्