आइपिएलमा लखनउसँग चेन्नईको हार



काठमाडौँ । लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ ।

डि कक र केएल राहुले पहिलो विकेटका लागि १ सय ३४ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रनको योगदान गरे ।

अर्का ओपनर डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रन जोडे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा नकआउट रहे । चेन्नईका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङका लागि आमन्त्रण पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । फेरि एक पटक महेन्द्रसिंह धोनीले सनसनीपूर्ण ब्याटिङ गरे । ९ बल खेलेका धोनीले २ छक्का र ३ चौकाको मद्दतमा नटआउट २८ रन जोडे ।

त्यस्तै टोलीका लागि रविन्द्र जडेजाले सर्वाधिक ५७ रन बनाए । ४० बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । अजिन्के रहानेले ३७, मोइन अलीले ३० र रितुराज गायकवाडले १७ रन बनाए । अन्य ब्याटर भने चलेनन्। लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले समान १ विकेट लिए ।

चौथो जितसँगै लखनउको ८ अंक पुगेको छ । समान ८ अंकका साथ कोलकाता नाइट राइडर्स दोस्रो, चेन्नई तेस्रो, सनराइजर्स हैदरावाद चौथो र लखनउ पाँचौं स्थानमा छ । १२ अंकसहित राजस्थान रोयल्स शीर्षस्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्