१७ करोड आर्थिक हिनामिना गरेको आरोपमा देब विकाश बैंकका म्यानेजर पक्राउ 



काठमाडौं : देब विकाश बैंकको १७ करोड आर्थिक हिनामिना गरेको आरोपमा नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार राति घोराही उपमहानगरपालिका १० नारायणपुर क्षेत्रबाट शाखा म्यानेजर समिर बुढाथोकीलाई पक्राउ गरेको हो । 

बुढाथोकीमाथि बैंकको १७ करोड घोटाला गरेको अभियोग लागेको छ ।

घटनाबारे जानकारी दिन प्रहरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै छ । 

 

प्रतिक्रिया दिनुहोस्