images

विप्लव निकट शिक्षक सङ्गठनका अध्यक्ष पक्राउ

द नेपालटप | प्रकाशित: २०७५-१२-३० गते
विप्लव निकट शिक्षक सङ्गठनका अध्यक्ष पक्राउ

विप्लव : समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । 

शिक्षक सेवा आयोगबाट लिइएको आन्तरिक परीक्षामा उत्तीर्ण भएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।

उनीमाथि अनुसन्धान भइरहेको र आइतबार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताए । पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

मुद्दा दर्ताको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आएका छन् ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

बँदेललाई थापेको धरापमा मान्छे, यसरी खुल्यो डरलाग्दो घटना

बँदेललाई थापेको धरापमा मान्छे, यसरी खुल्यो डरलाग्दो घटना

बुटवल : रुपन्देहीको तिलोत्तमा-११ मा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले बरादम गरेको शव तिलोत्तमा-११ भूपू सैनिक..

कर नतिरेको भन्दै नवलपुरमा जलाइयो एनसेलको सिम

कर नतिरेको भन्दै नवलपुरमा जलाइयो एनसेलको सिम

कावासोती : कर नतिरेको भन्दै नवलपरासीमा युवाहरुले निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाको सिमक..

घटुवा भएका केन्द्रीय सदस्यले जिल्ला सचिवबाट राजीनामा दिए 

घटुवा भएका केन्द्रीय सदस्यले जिल्ला सचिवबाट राजीनामा दिए 

रुपन्देही : सत्तारुट नेकपाको रुपन्देही सचिवमा मनोनित दधिराम शर्मा न्यौपानेले पदबाट राजीनामा दिएका छन्।  प..

मोटरेबल पुल आठ वर्षमा पनि बनेन, कछुवाको गति भन्दा सुस्त  

मोटरेबल पुल आठ वर्षमा पनि बनेन, कछुवाको गति भन्दा सुस्त  

लमजुङ : दुई वर्षमा बनिसक्नुपर्ने दोर्दीखोलामाथिको पुल आठ वर्षसम्म पनि पुरा हुन सकेको छैन ।  विसं २०६८ देख..

विप्लवकी जिल्ला नेतृ रुपन्देहीबाट पक्राउ

विप्लवकी जिल्ला नेतृ रुपन्देहीबाट पक्राउ

बुटवल : सरकारको प्रतिबन्धमा परेको  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी एक नेत्री रुपन्देहीबाट पक्राउ परे..

सहरकाे फाेहाेर सिधै नदीमा फालिन्छ

सहरकाे फाेहाेर सिधै नदीमा फालिन्छ

बुटवल  : देश ५ का मुख्यमन्त्री शंकर पोखरेल फागुन २ गते बुटवलको सडक सरसफाइमा जुटे, नालीमै पसेर फोहोर टिपे..