images

सवारी दुर्घटनाका कारण चितवनमा १ सय ५५ जनाको मृत्यु

द नेपालटप | प्रकाशित: २०७६-१-२ गते
सवारी दुर्घटनाका कारण चितवनमा १ सय ५५ जनाको मृत्यु

चितवनः जिल्लाका विभिन्न स्थानमा विसं २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २ सय ३५ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा दुर्घटना सङ्ख्या, मृतक र घाइते बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २८९ दुर्घटनामा १३० को मृत्यु भएको थियो भने २२३ गम्भीर घाइते भएका थिए ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताए । चोक चोकमा प्रहरी जनशक्ति परिचालन गर्न नसक्नु र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाइ छ । प्रहरीले सवारी चालक अनुशिक्षण, नियम पालना नगर्नेलाई जरिवाना, विद्यार्थीलाई ट्राफिक जनचेतना शिक्षा, ट्याम्पो चालकको स्वास्थ्य परीक्षण, सवारीसाधनको यान्त्रिक परीक्षण, सडकमा गरिने पार्किङ व्यवस्थित गर्ने काम गरिरहेको उनले बताए ।

देशकै मध्यभागमा पर्ने यस जिल्लामा पूर्वपश्चिम राजमार्गसँगै पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा सवारीको निकै चाप हुने गर्दछ । ग्रामीण क्षेत्रमा पक्की सडक बनेसँगै युवा तन्नेरीले मोटरसाइकल र गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्दै गएको छ ।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

आजको राशिफल : साउन ४, शनिबार

आजको राशिफल : साउन ४, शनिबार

आज–०४ साउन २०७६ शनिबरको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन ला..

पानीमा डुबेर मृत्यु हुनेमा बालबालिकाकाे सङ्ख्या कहालीलाग्दो

पानीमा डुबेर मृत्यु हुनेमा बालबालिकाकाे सङ्ख्या कहालीलाग्दो

काठमाडौं : महोत्तरीमा गत आर्थिक वर्ष २०७५/७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेक..

खुरकोट-घुर्मी सडक एक सातापछि खुल्यो

खुरकोट-घुर्मी सडक एक सातापछि खुल्यो

काठमाण्डौ : गएको असार २६ गते राति बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत खुरकोट–घुर्मी सडक एक सातापछि शुक..

आजको राशिफल : साउन ३, शुक्रबार

आजको राशिफल : साउन ३, शुक्रबार

आज- ०३ साउन २०७६ शुक्रबार को राशिफल   काठमाडौँमा सूर्योदय ०५ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८..

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ एकको मृत्यु, १८ घाइते

मोरङमा बस र तरकारी बोकेको भ्यान ठोक्किदाँ एकको मृत्यु, १८ घाइते

विराटनगर : मोरङको पथरीमाशनिश्चरे १० मा बस र भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छ..

सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, अनुसन्धान सुरु

सिद्धार्थ राजमार्गमा राखिएको ५ वटा बुद्धका मूर्ति तोडफोड, अनुसन्धान सुरु

बुटवल : रूपन्देहीको सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । तिलोत्तमा नगरपालिकाले सिक्स..