काठमाडौँबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ



काठमाडौँ । काठमाडौँको ठुलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौँ बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

नागार्जुन नगरपालिका-३ ठुलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि बिहान सवा ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्