मालिकलाई बचाउन गोमनसँग भिडे चार कुकुर, सबै मारिए



भागलपुर : कुकुरको स्वामीभक्तिबारे नसुन्ने मानिस सायदै होलान्। कुकुरको स्वामीभक्तिको सबैभन्दा ठूलो उदाहरण महाभारतमा युधिष्ठिर स्वर्ग जाँदा कुकुर पनि सँगै गएकोलाई दिइन्छ। भारतीय राज्य बिहारको भागलपुर सहरमा चार वटा कुकुरले फेरि एकपल्ट स्वामीभक्ति प्रदर्शन गरेका छन्। तर यसपटक भने उनीहरूले आफ्नो स्वामी र उनका परिवारको ज्यान बचाउँदा आफ्नो ज्यान गुमाउनु परेको छ।

यो घटना गत मंगलबार रातिको हो। घटना सिसी क्यामेराबाट सार्वजनिक भएको हो। भागलपुरको साहेबगन्ज कोलोनीमा बस्ने डा.पूनम मोसेसले ४ वटा कुकुर पालेकी थिइन्। उनी मायागन्ज अस्पतालमा कार्यरत छिन्। उनका भाइ बबी ती कुकुरलाई आफ्नै परिवारजस्तै माया गर्थे।

डा.पूनमले घटनाको बयान गर्दै गत मंगलबार राति एक्कासी सबै कुकुर भुक्न थालेको बताइन्। निकै बेरपछि पनि भुक्न नछाडेपछि घरबाहिर निस्केर हेर्दा ४ वटै कुकुर एउटा गोमन सर्पसँग लडिरहेका थिए र सर्पलाई घाइते बनाइसकेका थिए।

त्यसको केही बेरमा नै ३ वटा कुकुर घटनास्थलमै बेहोस भएर ढले। एउटा कुकुर भने सर्पसँग लगातार लडिरह्यो र सर्प मा¥यो तर आफू पनि म-यो।

बबीले सिसी क्यामेराको फुटेज हेर्दा कुकरहरूले घरभित्र पस्न प्रयासरत एउटा गोमन (कोब्रा) देखेर उसँग भिडन्त गरेको बताए।

सर्पले टोकेकाले सबै कुकुर मरे। सर्पसँग लडाइलगायत मरेको सबै दृश्य सिसी क्यामेरामा रेकर्ड भयो। बबीका अनुसार ती कुकुर त्यहीं नै हुर्किएका थिए।

आफूले पालेका कुकुरले आफूहरूको सुरक्षा गरेर मारिएकोमा डा.पूनम, भाइ बबी र परिवारका सबै जना दुःखित भएका छन्। छिमेकीहरू मात्र नभएर भागलपुरभरि नै घटनाको व्यापक चर्चा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्