वेस्ट इन्डिज ‘ए’सँग खेल्दै नेपाल



काठमाडौँ। नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेल शनिवार खेल्दै छ ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छ । खेल १२:१५ बजेबाट सुरु हुने छ। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृङ्खला खेल्न लागेको हो। उक्त शृङ्खलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ। वेस्ट इन्डिज ‘ए’ निकै  बलियो टिक हो ।

नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज एसँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ । १६ जनाको टोलीमा शुक्रबारमात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो ।

बिहीबार घोषित १६ सदस्य टोलीमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई मात्र थपिएको थियो । अब २० जनाबाट आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा गएर टी–२० विश्वकप खेल्ने नेपाली टोलीको टुंगो लाग्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी(२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मेलाई तोकेको छ । त्यो डेडलाइन अघि नेपालले वेष्टइन्डिज एविरुद्ध आज शनिबार र आइतबार दुई खेल खेल्नेछ । त्यसैले सुरुवाती दुई खेलमा प्रमुख खेलाडीलाई विश्राम दिएर अरुलाई अवसर दिने सम्भावना छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी।, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्टइन्डिज टोली

रोस्टन चेश, एलिक एथानाजे (पकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।

 

प्रतिक्रिया दिनुहोस्