एप्पलको नयाँ सिस्टम: अब आइफोन र आइप्याड पनि माउसले चलाउन मिल्ने 



एप्पलले हालै आफ्नो नयाँ अपरेटिंग सिस्टम आइओएस १३ सार्वजनिक गरेको छ । डेभलपर्स डब्लु डब्लु डीसी २०१९ का क्रममा एप्पलले नयाँ अपरेटिंग सिस्टम सार्वजनिक गरेको हो । 

प्रयोगकर्ताहरुका लागि नयाँ आइओएस १३ एप्पल डिभाइसहरुमा केही उत्कृष्ट फिचरहरु प्राप्त हुने भएका छन् ।

उक्त नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्दै एप्पलले यस अपरेटिङ सिस्टमले माउस सपोर्ट गर्ने जनाएको छ । अर्थात् यो अपरेटिङ सिस्टम प्रयोग गरिएका आइफोन तथा आइप्याडहरुमा अब कम्प्युटर माउस पनि प्रयोग गर्न सकिनेछ ।

ठूलो स्क्रिनयुक्त आइप्याडका लागि त माउसको प्रयोग उपयुक्त नै होला । तर आइफोनका लागि समेत माउस सपोर्ट उपलब्ध गराउनुलाई अनौठो मान्न सकिन्छ । यद्यपि, यसको पनि खास कारण रहेको छ । आइफोनलाई अझै बढी पहुँचयोग्य बनाउनका लागि आइफोनसमेत माउसबाट चल्ने बनाइएको एप्पलको दाबी छ ।

माउस सपोर्टलाई केवल एक्सेसिबिलीटी फिचरका रुपमा मात्रै डिभाइसहरुमा लिएर आएको एप्पलको दाबी छ । खासगरी माउस तथा एक्सर्टनल डिभाइस विना आइफोन तथा आइप्याड प्रयोग गर्न नसक्ने प्रयोगकर्ताहरुका लागि माउस सपोर्ट निकै सहयोगी हुने विश्वास एप्पलको छ । आगामी सेप्टेम्बरसम्ममा नयाँ अपरेटिङ सिस्टम आइओएस १३ सबै एप्पल प्रयोगकर्ताका लागि उपलब्ध गराउने एप्पलको योजना रहेको  छ ।

प्रतिक्रिया दिनुहोस्