टिकटक चलाउने इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण  



काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटक चलिरहेको भन्दै सो विषयमा स्पष्टीकरण  मागेको छ । सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण  मागेको हो ।

सरकारको निर्णय कार्यान्वयन गर्न जारी भएको निर्देशन अटेर गरेका दूरसञ्चार ऐन २०५३ बमझनपक कारबाही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ । यसअघि सरकारको निर्णय कार्यान्वयनका लागि सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पत्र पठाएर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट टिकटकमा पहुँच छ ।

प्राधिकरणले सूचना जारी गर्दै टिकटक चलेका पाइए [email protected]मा पठाउन अपिलसमेत गरेको छ । सूचना दिँदा कुन कम्पनीबाट चलेको हो भन्नेबारेमा जानकारी गराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्