कावासोती खानेपानी चुनावमा कांग्रेस र समाजवादी पार्टीकाे गठबन्धन



नवलपुर: कावासोती खाने पानी तथा सरसफाइ संस्थाको चुनावी सरगर्मी सुरु भएको छ। आठाैं अधिवेशनकाबाट नेतृत्व हत्याउने सोचका साथ नेपाली कांग्रेसले समाजवादी पार्टी नेपालसँग गठबन्धन गर्दे लोकतान्त्रिक प्यानल खडा गरेको आज कावासोतीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

नेपाली कांग्रेसका शिव भट्टराईको नेतृत्वमा चुनावमा जाने घोषणा भएकाे छ। उपाध्यक्षमा तारा पौडेल सचिवमा शालिकराम ढकाललाई उम्मेदवार बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

सदस्यहरूमा वडा न २ बाट आत्माराम चापागाईँ, वडा न ३ बाट केशर बहादुर थापा ,वडा न ५  मा कृष्ण बहादुर थापा वडा न ६ बाट लीलाधर भट्टराई  र वडा न ९ बाट कमला अर्याललाई उम्मेदवार बनाइएको नेपाली कांग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेले जानकारी दिए। यस्तै जनजाति कोटामा देवी गुरुङ र दलित महिलामा रामकुमारी विकलाई उम्मेदवार बनाएको जनाइएको छ।

लेखा समितिकाे संयोजकमा मङ्गल लामा, सदस्यमा बालकुमार भुसाल र मीनाकुमारी दाहाललाई उम्मेदवार बनाएको हो। जिल्ला सदरमुकाम भएकाले पनि संस्थाको चुनावलाई राजनैतिक शक्तिका रूपमा हेरिएको छ। यता सत्तारुढ नेकपाले भने आधिकारिक घोषण नगरे पनि अध्यक्षमा भीम कँडेल, सचिवमा दीपकराज लम्साललाई उठाउने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्