लोकसेवा विज्ञापन रोक्ने-नरोक्नेबारे सर्वोच्चले आज निर्णय गर्दै



काठमाडौं : लोकसेवा आयोगले ५ सय १५ स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि गरेकाे विज्ञापनकाे आज सर्वाेच्च अदालतले सुनुवाइ गर्दै छ।

समावेशी सिद्धान्तविपरीत विज्ञापन आएकाे भन्दै चाैतर्फी दबाब भएपछि विज्ञापनविरुद्ध सर्वाेच्चमा निवेदन परेकाे थियाे। 

सर्वोच्चले आज (बुधबार) लोकसेवा आयोगको विज्ञापनबारे निर्णय दिने भएको हाे। विज्ञापनमाथि सर्वोच्चमा रहेका ४ थान मुद्दा र अन्य निवेदन छन्।

न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले सुनुवाइ गर्ने भएको हो।

 

प्रतिक्रिया दिनुहोस्