त्रिशुली नदीमै बग्यो सर्लाहीका सौरभ रौनियारको डाक्टर बन्ने सपना   



सर्लाही : सर्लाहीको मङ्गवाबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान ३ः३० बजे त्रिशूली नदीमा खस्र्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने २० जनाभन्दा वेपत्ता भएका छन् । वेपत्ता हुनेमा ब्रहम्पुरी गाउँपालिका ४ त्रिभुवनगरका २० वर्षीय सौरभ रौनियार र उनका ठूलो बुबा र ठूली आमा छन् ।

डेढ वर्षदेखि मेडिकलको तयारी गरिरहेका छोरा वेपत्ता भएको खबरपछि सौरभको परिवारमा पीडाको बादल छाएको छ । एक्लो छोरा दुर्घटनामा वेपत्ता भएपछि सौरभकी आमा उषादेवी रौनियार अचेत भएकी छिन् ।  

काठमाडौंमा ठूलो बुबा र ठूली आमासँगै बस्दै आएका सौरभ बुधबार कुल देवताको पूजामा सहभागी भएर मंगलबार घर आएको बुबा चन्देश्वरप्रसार रौनियारले बताए ।  

सौरभका बुबा भन्छन्, ‘सौरभलाई डाक्टर बनाउने सपना थियो । उनी पनि परिवारको सपना पूरा गर्न लागि परेका थिए । तर, हाम्रो सपना अधुरै रह्यो ।’ 

‘छोरालाई डाक्टर बनाउने सपना बस दुर्घटनसँगै टुटेर गयो । छोरा बस दुर्घटनामा परेर बेपत्ता बनेपछि अब बाँच्ने सहारा सकियो’ चन्देश्वरले भने । 

सानैदेखि पढ्नमा तेज सौरभले कक्षा १ देखि १० सम्मको पढाइ काठमाडौंकै सामुदायिक विद्यालयबाट सकेका थिए । 

‘सौरभ विद्यालयमा कहिले दोस्रो भएन । उनी एसएलसीमा स्कुट पट गरेपछि १० हजार पुरस्कार समेत पाएको थियो’ बुबा चन्द्रश्वरले भने, ‘छोराले १२ कक्षा पनि राम्रै अंक ल्याएको थियो ।’

सौरभले मेडिकल शिक्षाका लागि नाम निकालेका थिए । तर, परिवारको सपना भने डाक्टर बनाउने थियो ।  

छोरा वेपत्ता भएको खबरले परिवार र आफन्तको आँशु थामिएको छैन । 

‘बिरामीको उपचार गर्दै आएको देख्ने सपना थियो । तर, अल्पआयुमै छोरालाई दैबले लग्यो’ चन्देश्वरले भावुक हुँदै भने । 

यता सौरभसँगै यात्रामा रहेकी १८ वर्षीया बहिनी स्वेता रौनियार भने बाँच्न सफल भएकी छन् । 

त्यस्तै दुर्घटनामा परि एकै परिवारका ३ जना रहेको मृत्यु भएको छ भने एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका ४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरभ रौनियार छन् ।

 

प्रतिक्रिया दिनुहोस्