images

अमेरिकामा सीके राउतविरुद्ध जुटे मधेसी युवा, जनकपुरबाट असहयोग आन्दोलन गर्ने

द नेपालटप | प्रकाशित: २०७५-६-१८ गते
अमेरिकामा सीके राउतविरुद्ध जुटे मधेसी युवा, जनकपुरबाट असहयोग आन्दोलन गर्ने

पिट्सवर्ग, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकामा रहेका नेपाली मधेसी समुदायका युवा उद्यमी, व्यवसायी र विद्यार्थीले सीके राउतविरुद्ध जनकपुरबाट असहयोग आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

 

यही सन २०१८ को सेप्टेम्बर २३ तारिखको दिन अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा लागेका मधेसी समुदायका युवामाझ आयोजित एक वैचारिक गोष्ठीमार्फत उनीहरुले यस्तो निर्णय लिएका हुन् ।

 

महोत्तरी जिल्लाबाट अमेरिका आई यहाँ विगत एक दशकदेखि बस्दै आएका उद्यमी जय साहको अध्यक्षतामा उक्त गोष्ठी सम्पन्न भएको थियो । त्यस्तै गोष्ठीमा डा. राजेश साह (सुनसरी) ई. प्रणय साह (सिरहा), ई.सर्वेश मण्डल (सिरहा), ई. विनयविक्रम बर्मा (बाँके), डा. रविकान्त गुप्ता (सप्तरी), ई. अभि गुप्ता (सप्तरी), उद्योगपति सत्य साह (धनुषा), रञ्जन साह (धनुषा), कृष्ण गुप्ता (काठमाडौं), सञ्जय चौधरी (महोत्तरी), राजीव साह (महोत्तरी), राज साह (सर्लाही), अजय गुप्ता (पर्सा), बिकेश यादव (सिरहा), राजनन्दन यादव (बारा), अर्जुन मण्डल (महोत्तरी), रमेश यादव (धनुषा), जितेन्द्र साह (धनुषा)को उपस्थिति रहेको थियो ।

 

उक्त गोष्ठीमार्फत मधेसी समुदायका युवाले ‘युथ फर ट्वेन्टी टु सेन्चुरी’ नामक एनजिओ पनि गठन गरेको जय साहले जनाएका छन् । आफूहरुले मुख्यतयः कसरी जनकपुरबाट सीके राउतलाई रोक्न असहयोग आन्दोलन सुरु गर्ने र तराईका सबै जिल्लामा हामी नेपाल टुक्रिन दिन्नौं नामक अभियान चलाउने निर्णय गरेको साहले बताए । त्यस्तै उनले आफूहरुले गैर राजनीतिक तरिकाले सीके राउतको नाम नलिईकन सीके राउतको बढ्दो लोकप्रियतालाई कसरी रोक्ने भन्नेबारे पनि बृहत् छलफल गरेको जनाए ।

 

नेपाल र मधेसमा भएका बहुभाषीय, बहुजातीय र बहुभेषभूषामा भिन्नताका समस्यालाई गैर राजनीतिक तरिकाले कसरी समाधान गर्ने र जसले गर्दा अरु युवालाई अर्को सीके राउत बन्न नपरोस् भन्नेबारे पनि आफूहरुमाझ छलफल भएको उनको दाबी छ ।

 

तराईमा रहेका आर्थिक, सामाजिक र अधिकारको कमीलाई गैर राजनीतिक तरिकाले कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे पनि आफूहरुले छलफल गरेको साहले जानकारी दिए ।


 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

नेकपाका केन्द्रीय सदस्यले जिल्लाको पद नलिने

नेकपाका केन्द्रीय सदस्यले जिल्लाको पद नलिने

काठमाडौं  : सत्तारुढ दल नेकपाका जिल्ला सचिवको जिम्मेवारी पाएका ८ जना नेताहरूले जिम्मेवारी अस्वीकार गर्ने..

राजपा पदाधिकारी बैठकमा कसले के भने ? महाधिवेशनबारे यस्ताे धारणा

राजपा पदाधिकारी बैठकमा कसले के भने ? महाधिवेशनबारे यस्ताे धारणा

काठमाडाैं : राष्ट्रिय जनता पार्टीमा एकता महाधिवेशन गर्ने या नियमित महाधिवेशन गर्ने भन्ने विषयमा विवाद देखिएको छ । आ..

नेकपाले ६ महिनाभित्र सम्मेलन गर्ने, एक वर्षभित्र महाधिवेशन

नेकपाले ६ महिनाभित्र सम्मेलन गर्ने, एक वर्षभित्र महाधिवेशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र स..

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छ : सांसद त्रिपाठी

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छ : सांसद त्रिपाठी

काठमाडौंः प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान प्रदान गर्न माग गरेका छन् । उनले भने,&ls..

नेकपा एकीकरणः नेता नेपाललाई यसरी भयो फाइदै-फाइदा

नेकपा एकीकरणः नेता नेपाललाई यसरी भयो फाइदै-फाइदा

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबण्डा टु‌गिएको छ।&nb..

सचिव पद हटाएर सहअध्यक्ष बनाउने तयारीमा नेकपा

सचिव पद हटाएर सहअध्यक्ष बनाउने तयारीमा नेकपा

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तल्लो कमिटी एकताको घोषणा सोमबार (आज) गर्दैछ। कम्युनिष्ट पार्टीको ७० औं..