बाबुरामले भने-आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोड्नु गल्ती थियो



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएका बताएका छन् ।

गोरखामा रहेका भट्टराईले प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाड्नु गल्ती भएको भन्दै जनसेवामा समर्पित इमानदार मान्छेले त्यसलाई स्विकारेर सच्याउन हिचकिचाउनु नहुने बताएका हुन् । कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउने उनको भनाइ छ ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् , ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’केही महिना अगाडि उनले अबको निर्वाचन गोरखा २ बाट आफै लड्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्