images

संवैधानिक प्रावधान विपरित सेना परिचालन गरिनु आपत्तिजनक : नेपाली कांग्रेस

द नेपालटप | प्रकाशित: २०७५-१२-४ गते
संवैधानिक प्रावधान विपरित सेना परिचालन गरिनु आपत्तिजनक : नेपाली कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक प्रावधान विपरित सेना परिचालन सम्बन्धी व्यवस्था विधेयकमा ल्याइएको भन्दै फिर्ता लिन माग गरेको छ। संसदमा दर्ता भएको ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा सुरक्षा समितिको सिफारिस बिनै प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्ने व्यवस्था छ।  

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्ति जारी गर्दै सोे व्यवस्था संविधान विपरीत रहेको भन्दै फिर्ता लिन मार्फत माग गरेका हुन्। ‘संविधानको व्यवस्था विपरीत राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनाको भूमिकालाई अवमूल्यन गर्दै राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहसका साथ ल्याइएको यो विधेयकलाई यथाशीघ्र फिर्ता गर्दै संवैधानिक व्यवस्थाको अनुकूल हुने गरी विधेयक ल्याउन नेपाल सरकारसँग काँग्रेस माग गर्दछ,’ खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा २६६ बमोजिम प्रधानमन्त्रीको अध्यक्षतामा सात सदस्यीय राष्ट्रिय सुरक्षा परिषदको व्यवस्था गरिएको छ। जसमा रक्षा, गृह, परराष्ट्र, अर्थ मन्त्रीका अतिरिक्त सरकारका मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन्। विज्ञप्तिमा भनिएको छ, संविधानको धारा २६७ को उपधारा (६) मा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ।

प्रमुख सचेतक खाँणका अनुसार विधेयकको दफा ६ को उपदफा (३) मा ‘तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न सक्नेछ भन्ने प्रावधान राखेकोमा कांग्रेसले आपत्ति जनाएको हो।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

‘घटनाको छिटो सूचना दिन विद्यार्थीको महत्त्वपूर्ण भूमिका’

‘घटनाको छिटो सूचना दिन विद्यार्थीको महत्त्वपूर्ण भूमिका’

कैलाली : कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह बिएसडब्ल्यु दोस्रो वर्षमा अध्ययनरत विद्याथीसँगको सहकार्यमा जिल्ला प्रह..

हनुमान मन्दिरको जग्गा अतिक्रमण

हनुमान मन्दिरको जग्गा अतिक्रमण

जनकपुरधाम : जनकपुरधामस्थित एक हनुमान मन्दिरको साढे ११ विग्घा जग्गा किर्ते गरी भू माफियाहरूले कब्जा गरेका छन् । मन्द..

नेकपा सचिवालयको बैठक बालुवाटारमा, एकता टुंग्याइँदै

नेकपा सचिवालयको बैठक बालुवाटारमा, एकता टुंग्याइँदै

काठमाडौँ : एकतालाई अन्तिम रुप दिन सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकार..

जन्ती बोकेको बस दुर्घटना, ६ घाइते

जन्ती बोकेको बस दुर्घटना, ६ घाइते

म्याग्दी : पश्चिम बाग्लुङको ताराखोलामा आइतबार जन्ती बोकेको बस दुर्घटना भएको छ । ध१ख ४६८ नम्बरको बस दुर्घटना हुँदा ६..

शालिग्राम चोरी गर्ने पक्राउ

शालिग्राम चोरी गर्ने पक्राउ

म्याग्दी : दुर्लभ शालिग्राम शिला चोरी गर्ने मध्येका एक पक्राउ परेका छन् । गत फागुन ४ गते कुश्मा नगरपालिका ५ मा रहेक..

दुर्लभ वन्यजन्तुको आश्रय स्थल बन्दै सामुदायिक वन

दुर्लभ वन्यजन्तुको आश्रय स्थल बन्दै सामुदायिक वन

म्याग्दी : म्याग्दीमा रहेका विभिन्न सामुदायिक वनमा अन्यत्रबाट बसाइ सरेर आएका दुर्लभ प्रजातिका वन्यजन्तु देखिन थालेक..