जनमतको अवरोधपछि मधेश प्रदेश सभा बैठक पटक-पटक स्थगित



काठमाडौँ । जनमत पार्टीको अवरोध पछि मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ  । दिउँसो २ बजे बसेको बैठक जनमतकै विरोधपछि १० मिनेटको लागि स्थगित गरिएको भए पनि प्रदेश सभा बैठक साँझ ७ बजे मात्रै बस्यो । फेरि १० मिनेटका लागि स्थगित भएको छ ।

दोस्रो पटक बसेको बैठकको सुरुमै जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले राजविराज घटनाको छानबिन समिति गठन गर्न सरकार तयार नरहेकाले सदन चल्न नदिने अडान लिएको हो। उनले बोलेपछि जनमतका सांसदहरू नाराबाजी गर्न थालेका थिए ।

माग पूरा गर्न मुख्यमन्त्री तयार रहेकाले बस्न सभामुख रामचन्द्र मण्डलले आग्रह गरे । सभामुख मण्डलले मुख्यमन्त्री संसदीय समिति मार्फत नै छानबिन गर्न तयार भएको जानकारी गराउँदा समेत जनमतले नाराबाजी गर्न बन्द गरेन । त्यसपछि बैठक १० मिनेटको लागि स्थगित गरिएको छ । आजको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्