तत्काल सुदूरपश्चिम सरकारमा नजाने 



काठमाडौँ । नेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ । एमालेसहितका दलको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी बिहीबार मात्र मुख्यमन्त्री नियुक्त भएका छन् ।

उनले आजै शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहेका थिए । तर एमालेले मन्त्रीको नाम दिएन । एमाले सरकारलाई समर्थन भने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्