images

सुदूर पहाडमा बिसु पर्वको रौनक

द नेपालटप | प्रकाशित: २०७६-१-१ गते
सुदूर पहाडमा बिसु पर्वको रौनक

बैतडी : आज नयाँ वर्षको पहिलो दिन सुदूरपश्चिममा बिसु पर्वको रौनकता छाएको छ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन रहिआएको छ ।

बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात पहाडी जिल्लामा मनाइने गरिएको छ । बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ । देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ ।

देवर र नन्द नहुने भाउजु, भाउजु नहुने देवर र नन्द, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा रहेको संस्कृतिका जानकार जयानन्द भट्टको भनाइ छ ।

हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुशीयालीस्वरूप पौराणिककालदेखि नै बिसु पर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ ।

हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।

शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको छ । पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।

सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रुपमा रहेको बिसु पर्व आउनुपूर्व नै जिल्लामा रहेका सबै घर रातोमाटो र कमेरो माटोले लिपपोत गर्ने गरिन्छ ।

विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बिसु पर्व विषेशः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बढी मनाइने गरिन्छ । पहाडबाट बसाइँ सर्ने क्रम बढेसँगै तराईका कैलाली, कञ्चनपुरमा समेत यो पर्व मनाउने गरिन्छ ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

जिउँदो मान्छेलाई मृत घोषित गरेपछि...

जिउँदो मान्छेलाई मृत घोषित गरेपछि...

कैलाली : डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार भएको यात्रुबाहक बस दुर्घटना परि सामान्य घ..

डीपीआर ढिलाईले आयोजनाको काम प्रभावित

डीपीआर ढिलाईले आयोजनाको काम प्रभावित

अछाम : सुदुरपश्चिमको अछाममा निमार्णधिन २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको डीपीआर तयार नहुँदा आयोज..

भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह

भीम रावलले बलिको बोको बनाए, अब विद्रोह गर्छु : दिलबहादुर सिंह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ९ सहित ७७ वटै जिल्लामा जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो..

डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु ,२० जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु ,२० जना घाइते

कैलाली : डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । भीमदत्त राजमार्..

डडेल्धुरामा जन्ती बोकेको जिप दुर्घटना, ९ जना घाइते, तीनको अवस्था गम्भीर 

डडेल्धुरामा जन्ती बोकेको जिप दुर्घटना, ९ जना घाइते, तीनको अवस्था गम्भीर 

कैलाली : डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। महेन्द्रनगरबाट जन्ती बोके..

कञ्चनपुरबाट प्रधानमन्त्रीलाई अर्को ज्ञापनपत्र

कञ्चनपुरबाट प्रधानमन्त्रीलाई अर्को ज्ञापनपत्र

कैलाली : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै स्थानीय नागरिक संघर्ष समितिले..