धनगढीमा प्रेमपत्र प्रतियोगिता हुने, तपाइ पनि  सहभागी हुन सक्नुहुन्छ 



काठमाडौँ । धनगढीमा प्रेम पत्र प्रतियोगिता हुने भएको छ। फागुन २ गतेका दिन भ्यालेन्टाइन दिवसको अवसरमा कैलालीको धनगढीमा प्रेम पत्र प्रतियोगिता हुन लागेको हो ।

मङ्गलवार पत्रकार सम्मेलन गर्दै सुदूर चौतारीले प्रेम पत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो। आयोजक सुदूर चौतारीले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँ ठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ। प्रेम पत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ। प्रेम पत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ। आयोजकले[email protected] अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन सकिने छ।

प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले माघ २९ गतेभित्र आयोजकलाई इमेल वा ह्वाट्सप मार्फत प्रेम पत्र पठाइसक्नुपर्ने छ। प्राप्त भएका पत्रमध्ये उत्कृष्ट १० पत्र लेखकलाई प्रेम पत्र प्रतियोगिता २०८० को फाइनल कार्यक्रममा वाचन गर्न लगाइने छ। उत्कृष्ट १० मध्ये प्रथम, द्वितीय र तृतीय पत्रलाई नगद र उपहारसहित पुरस्कृत गरिनेछ।

प्रतिक्रिया दिनुहोस्