राप्ती राजमार्ग शनिबारदेखि बन्द हुने



दाङ : राप्ती राजमार्ग शनिबारदेखि बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको मोड काट्ने कार्य भइरहेको हुँदा राजमार्ग बन्द हुने भएको हो ।

कटिङको काम हुँदा जोखिम बढि हुने भएकोले सडक खण्ड आंशिक रूपमा सञ्चालन गरिने राम्री मोड काट्ने जिम्मा लिएको उज्ज्वल निर्माण सेवाका प्रोप्राईटर दिपक न्यौपानेल जानकारी दिए । 

उनका अनुसार वैशाख २५ गतेसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म सडक खण्ड बन्द गरिने छ ।

गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीको मोडबाट पटक पटक सवारी दुर्घटना हुने गरेको प्रदेश प्रहरीको निष्कर्षपछि राम्रीको मोड काट्न लागिएको हो । 

 

प्रतिक्रिया दिनुहोस्