दुर्लभ वन्यजन्तुको आश्रय स्थल बन्दै सामुदायिक वन



म्याग्दी : म्याग्दीमा रहेका विभिन्न सामुदायिक वनमा अन्यत्रबाट बसाइ सरेर आएका दुर्लभ प्रजातिका वन्यजन्तु देखिन थालेका छन् । गत माघ अन्तिमदेखि उच्च लेकाली क्षेत्रमा भएको हिमपात, वन विनाश र आगलागीका कारण वन्यजन्तुहरूले सामुदायिक वनलाई आश्रय स्थल बनाउन थालेका हुन् । 

समुदायले संरक्षण गरेको वनमा प्रशस्त मात्रामा वन्यजन्तु तथा पंक्षीहरु भेटिन थालेका स्थानीयले बताएका छन् । घतानको ठूलो सल्लेरी सामुदायिक वन, बेनी नगरपालिका–२ गौश्वराको सामुदायिक वन, वगरफाँट सामुदायिक वनलगायतमा बाघ, चितुवा, बँदेल, मृग, हरिण जस्ता वन्यजन्तु अरू ठाउँबाट बसाइ सरेर आएको सम्बन्धित सामुदायिक वनका उपभोक्ताहरूले बताएका छन् ।

वनमा पटक पटक चितुवाका बच्चा देखा परेको र कहिले काहीँ बाघ पनि देखिने गरेको स्थानीयको भनाइ छ । 

२०५६ मा स्थापना भएको सामुदायिक वन घना जङ्गलमा परिणत भएपछि वन्यजन्तुले आश्रय स्थल बनाएको बगरफाँट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर घिमिरेले बताए । वन्यजन्तु देखा पर्न थालेपछि सामुदायिक वन प्रवेशमा कडाइ गर्नुका साथै सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्