सभामुखले दलिय ‘रगरग’ अन्त्य गर्नुपर्छ : नेपाली कांग्रेस



कैलाली : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सभाका सभामुख दलिय रुपमा निष्पक्ष हुन नसकेको धारणा व्यक्त गरेको छ।

नयाँ वर्षको अवसरमा सोमबार संसदीय दलद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सभा सञ्चालनका क्रममा सभामुख अर्जुन बहादुर थापाले पक्षपात पुर्ण व्यवहार देखाएको भन्दै आपत्ति जनाए।

नेता रावलले प्रदेश सभा सभामुख थापालाई दलीय ‘रगरग’ अन्त्य अन्त्य गर्न सुझाव दिए। सभामुख थापाको राजधानी तोक्ने र प्रदेशको नामकारण गर्ने सन्दर्भमा निष्पक्षता नदेखिएको र प्रदेशसभा भित्रका थुप्रै गतिविधि सञ्चालन गर्दा दलीय आवद्धता बढी देखिने गरेको डा. रावलको आरोप छ।

पछिल्लोपटक प्रदेशसभा सचिव र सचिवालय व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सचिवालय व्यवस्थापन समितिमा सदस्य रहेको प्रमुख प्रतिपक्षी दलका नेता हटाउँने कार्य हुँदा समेत समाभुख नबोल्नुले सभाको नेतृत्व भन्दा पनि सभामुख दलीय स्वार्थमा देखिन थालेको डा. रावलको भनाई छ। 

सभामुख थापाले सत्तापक्षीय दलका नेताहरूको स्वार्थ अनुसार गतिविधि गरिरहेको समेत कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्