विद्यालय र अस्पताल वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक



जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले विद्यालय र अस्पताल क्षेत्रको दुई  सय मिटरभित्र मदिरा तथा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको छ ।

सोमवार जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्र लेख्दै त्यसमा कडाइ गर्न निर्देशन दिएको हो । 

जिल्ला प्रशासन कार्यालयले जिल्ला समन्वय समिति, जनकपुर उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई समिति, उद्योग वाणिज्य संघ र चेम्बर्स अफ कमर्सलाई पत्राचार गर्दै कार्यान्वयनका लागि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्