राजीनामा दिएको १५ दिनपछि लुम्बिनीमा मन्त्रीको पदभार ग्रहण



काठमाडौँ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषि मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले मन्त्रालयको जिम्मेवारी समालेका हुन् ।

२५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि ९ वैशाखमा राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि पदभार सम्हाल्न तयार भएका हुन् । जसपा आइतबार साँझ फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मन्त्री अहिरले भने कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा पुगेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्