नेकपा एकीकरणः नेता नेपाललाई यसरी भयो फाइदै-फाइदा



काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबण्डा टु‌गिएको छ। भागवण्डमा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएको हो। पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना छन्। यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन्। दुवै पदको हिसाबमा ओली नेपालको हाराहारी सन्तुलन छ। चार अध्यक्ष र तीन सचिव भने तटश्थ छन्।

प्रतिक्रिया दिनुहोस्