फलफूल कतिवेला र कसरी खाने ?



फलफूल जतिखेर खाए पनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन। तर, फलफूल कुन समयमा खाने त ?  

बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो। शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ। खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन्।

खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् । त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुस् ।

पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ। 

सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ । दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद नखानुस्।

बच्चाहरू प्रायः फल खान मान्दैनन्। त्यसैले बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ। जुसबाट पनि पौष्टिक तत्त्व उनीहरूले प्राप्त गर्छन्।

प्रतिक्रिया दिनुहोस्