गौरिका र शुभमलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण



बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंह र एपिएफका सुभम श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्। नेपालगञ्जमा मंगलबार गौरिकाले १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेका हुन्।

महिला १०० मिटर बटरफ्लाईमा गौरिकाले निर्धारित दुरी १ मिनेट ०७ दशमलब ९७ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितिन्। उनले आफ्नै नाममा रहेको १ मिनेट ०८ दशमलब ६३ सेकेण्डको कीर्तिमान भंग गरेकी हुन्।

यस स्पर्धामा आर्मीकी डुवना लामाले १ मिनेट १४ दशमलब ०७ सेकेण्डसहित रजत र एपिएफकी श्रीवी महर्जनले १ मिनेट २१ दशमलब ३७ सेकेण्डको समय निकाल्दै कांस्य पदक जितिन्।

पुरुष १०० मिटर बटरफ्लाईमा आर्मीका अनुभव सुब्बाले १ मिनेट शून्य दशमलब ६२ सेकेण्डको समयसहित स्वर्ण जिते। यस स्पर्धामा पुलिसका श्यद हम्जा शाहले १ मिनेट शून्य दशमलब ६६ सहित रजत र एनआरएनएका नाथन दोर्जे शेर्पाले १ मिनेट १ दशमलब ७५ सेकेण्डको समय निकाल्दै कांस्य जिते।

पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा एपिएफका सुभमले ३१ दशमलब ९० सेकेण्डको समयसहित स्वर्ण जिते। हिट चरणमा ३१ दशमलब ६० को समय निकालेका उनको यो राष्ट्रिय कीर्तिमान हो।  उनले आफ्नै नामको ३२ दशमलब ०१ सेकेण्डको किर्तिमान भंग गरे।

यस स्पर्धामा पुलिसका दिपाङ्कर अवालेले ३३ दशमलब २५ सेकेण्डको समयसहित रजत र बेदज्ञा राज जोशीले ३४ दशमलब ४२ सेकेण्डसहित कांस्य जिते।

प्रतिक्रिया दिनुहोस्